Suvadin, Home

कांग्रेसकाे पनि शतक

पहिलाे चरणको स्थानीय तह निर्वाचनमा सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिकामा जित्दै नेपाली कांग्रेसले शतक पुरा गरेकाे छ। याेसँगै शतक पुरा गर्ने कांग्रेस दाेस्राेपार्टी बनेकाे छ। यसअघि शुक्रबार नेकपा एमालेले सय स्थानमा जीत हासिल गरेकाे थियाे।
नेपाली कांग्रेसकाे झण्डा र चुनाव चिन्ह।

काठमाडाैं, जेठ ६ - पहिलाे चरणको स्थानीय तह निर्वाचनमा सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिकामा जित्दै नेपाली कांग्रेसले शतक पुरा गरेकाे छ। याे कांग्रेसकाे एक सय एक अाै जित हाे। शतक पुरा गर्ने कांग्रेस दाेस्राेपार्टी बनेकाे छ। यसअघि शुक्रबार नेकपा एमालेले सय स्थानमा जीत हासिल गरेकाे थियाे। 

समाचार तयार पारूञ्जेल नेकपा एमालेले एक  सय छ, नेपाली कांग्रेसले एक सय एक र माअाेवादी केन्द्रले ४६ स्थानमा जीत हात पारेका छन्। पहिलो चरणको चुनाव भएको २ सय ८३ मध्ये २ सय ५९ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। जसमा कांग्रेसले १०० स्थानीय तह जितेको हाे।

कांग्रेसका देवकुमार सुवेदीले वीरेन्द्रनगर नगरपालिकाबाट मेयर पदमा चुनाव जितेका हुन्। 

 


 

More form the Internet

loading...