Suvadin, Home

Cover Image

विप्लव पुत्र प्रकाश चितवनबाट पक्राउ 

चितवन । नेपाल कम्युनिस्ट पार्टीका नेता नेत्र विक्रम चन्द 'विप्लव' का पुत्र प्रकाश चन्दलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ । 

उनलाई बुधबार बिहान चितवन मेडिकल कजेजबाट पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।

चितवन मेडिकल कलेज गेटमा अवरोध सिर्जना गरेपछि उनीसहित करिब एक दर्जनलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक(डीएसपी) शालिकराम पौडेलले जानकारी दिए ।

‘बिहान १० बजेतिर नियन्त्रणमा लिइएको हो, उनीहरुले चितवन मेडिकल कलेजको गेटमै धर्ना दिएर एम्बुलेन्सलाई समेत प्रवेश गर्न नदिएपछि नियन्त्रणमा लिएका हौं’ डीएसपी पौडेलले भने ।

अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार उनीहरुलाई नियन्त्रणमा लिइएको डीएसपी पौडेलले जानकारी दिए ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अघिदेखि विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् । उक्त आन्दोलनको नेतृत्व विल्वव पुत्र प्रकाशले गर्दै आएका थिए ।


 

More form the Internet

loading...