Suvadin, Home

Cover Image

प्रवासी नेता–कार्यकर्तासँग सुझाव
प्रधानमन्त्री केपी ओलीको व्यवहार असहिष्णुः नेपाली काँग्रेस

समारोहमा नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्य बद्रीप्रसाद पाण्डे प्रमुख अतिथिका रुपमा उपस्थित रहनु भएको थियो। समारोहमा बोल्दै राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेले वर्तमान प्रधानमन्त्री केपी ओली असहिष्णु भएको आरोप लगाउनु भएको छ।
बद्रीप्रसाद पाण्डे।

इन्द्रकमल जैरु, नयाँ दिल्ली, १४ असोज – भारतको राजधानी दिल्लीमा नेपाली काँग्रेसको विधान संशोधन सुझाव संकलन एंव कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति उत्तर भारत समितिको आयोजना र नेपाली काँग्रेस बाजुरा दिल्ली सम्पर्क समितिको व्यवस्थापनमा सम्पन्न कार्यक्रमको सभापतित्व नेपाली काँग्रेस बाजुरा–दिल्ली सम्पर्क समितिका अध्यक्ष रतन शाहीले गर्नु भएको थियो।

समारोहमा नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्य बद्रीप्रसाद पाण्डे प्रमुख अतिथिका रुपमा उपस्थित रहनु भएको थियो। समारोहमा बोल्दै राष्ट्रियसभा सदस्य बद्रीप्रसाद पाण्डेले वर्तमान प्रधानमन्त्री केपी ओली असहिष्णु भएको आरोप लगाउनु भएको छ।

निर्वाचन जितेदेखि नै तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले पद छाडेनन् भन्दै प्रधानमन्त्री ओलीले असहिष्णु व्यवहार देखाउँदै आएको बताउनु भयो।

अहिले प्रधानमन्त्री ओलीको असहिष्णुताका कारण स्वयमकै पार्टी नेकपाका नेताहरुले विरोध गर्न थालेको आरोप लगाउनु भयो। उहाँले बलात्कार, महिला हिंसा, मूल्यवृद्धि लगायतका मुद्धा उठाउँदै वर्तमान सरकारको आलोचना गर्नुभयो।

त्यसैगरी, समारोहमा विशेष अतिथिका रुपमा उपस्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष एवं केन्द्रीय आमन्त्रित सदस्य बालकृष्ण पाण्डे, नेजस उत्तर भारत अध्यक्ष कृष्ण पाण्डे, नेजस उत्तर भारत समिति महासचिव रुद्र मल्ल, तरुण दल महासचिव नागेन्द्र जोशी, नेविसंघ भारतका अध्यक्ष अम्बिका जोशी लगायतले पनि मन्तब्य राखेका थिए।

तरुण दल गाजियाबाद समिति अध्यक्ष गोरख बिष्टले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन भने नेपाली काँग्रेसस बाजुरा दिल्ली सम्पर्क समितिका महासचिव खगेन्द्र सिंहले गर्नु भएको थियो।

समारोहमा नेजस उत्तर भारतका उपाध्यक्ष अर्जुन धरेल, तरुण दल भारतका अध्यक्ष एलपी पाण्डे, नेवि संघ दिल्लीका अध्यक्ष सागर शाही लगायत काँग्रेस समर्थक प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो।


 

More form the Internet

loading...