Suvadin, Home
 नवनियुक्त मन्त्रीद्वय प्रेमबहादुर सिंह र कुमार खड्काले आफूहरूले संविधान संशोधन प्रस्तावको बिरोध नगरेको तर, संशोधनभन्दा कार्यान्वयन आवश्यक रहेको बताएका छन्। काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले संविधान संशोधनभन्दा पनि कार्यान्वयन अहिलेको आवश्यकता भएको बताए।
प्रेमबहादुर सिंह र कुमार खड्का।

काठमाडाैं, माघ ७- नवनियुक्त मन्त्रीद्वय प्रेमबहादुर सिंह र कुमार खड्काले आफूहरूले संविधान संशोधन प्रस्तावको बिरोध नगरेको तर, संशोधनभन्दा कार्यान्वयन आवश्यक रहेको बताएका छन्। काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले संविधान संशोधनभन्दा पनि कार्यान्वयन अहिलेको आवश्यकता भएको बताए।

‘संविधान कार्यान्वयन गर्दै जाँदा आवश्यक परे संविधान संशोधन हुनु स्वभाविकै हो,’ उनले भने। संविधान जारी गर्ने बेलामा आफ्नो दलको फरक मान्यता रहेको पनि स्वीकारे।

नवनियुक्त महिला, बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्काले आफूले संविधान संशोधन गर्छु भनेर कबुल गरेर मन्त्री नबनेको बताए। संविधान संशोधन गर्नुपर्छ भनेर आफूले पहिलेदेखि नै आवाज उठाउँदै आएको र संविधानका धेरै बुँदाहरूमा आफूले संशोधन हालेको उल्लेख उनको धारणा थियो।

‘संविधान कार्यान्वयन लगायत अन्य कुरामा पनि अहिलेको संसदीय संरचना अनुसार प्रमुख दलहरू मिलेर जानुको विकल्प छैन,’ उनले भने। प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव संसदबाट पारित गराउन अनुकूल हुने भन्दै सिंह र खड्कालाई बिहीबार मन्त्री नियुक्त गरेका थिए।

 


 

More form the Internet

loading...