Suvadin, Home

पार्टी कमजोर भएकाेमा समीक्षाकोआवश्यक  – नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘पार्टी कमजोर बन्दै गएकामा’ समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन।
वरिष्ठ नेता रामचन्द्र पौडेल।

पाेखरा, असार २५ - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘पार्टी कमजोर बन्दै गएकामा’ समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन।  

पोखरा लेखनाथ महानगरपालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई आज सम्मान गर्दै उनले स्थानीय तहको निर्वाचनमा आएको नतिजामा पार्टी कमजोर देखिएको बताएका छन। 

पार्टीभित्र अन्तरघात मात्र नभएर खुला घात गर्ने प्रवृित बढ्नु तथा पार्टीका नेता कार्यकर्ताबीच नै प्रतिशोधको भावना बढ्दा त्यसले पार्टी सङ्गठनलाई दिनानुदिन कमजोर बनाउँदै जानु चिन्ताको विषय बनेको उनले बताए। 

नेता पौडेलले काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई जनताका भावनालाई आत्मसात् गरी पक्षपातरहित रुपमा समस्याको समाधान गर्न र सामाजिक विकासमा क्रियाशील बन्न आग्रह गरे। रासस 


 

More form the Internet

loading...