Suvadin, Home

संशोधन विधेयक तत्काल अगाडि नबढ्ने
दुईतिहाई नपुग्ने भएपछि संशाेधनबाट पछाडि हट्यो सरकार

प्रधानमन्त्री शेरबहादुर देउवा संविधान संशोधन विधेयकको टुंगो लागेपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने बताउदै आएकोमा सरकार एक कदम पछि हटेको छ।
कांग्रेस, एमाले र माअाेवादी केन्द्रका नेताहरू छलफलमा।

काठमाडाैं, असार २७–प्रधानमन्त्री शेरबहादुर देउवा संविधान संशोधन विधेयकको टुंगो लागेपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने बताउदै आएकोमा सरकार एक कदम पछि हटेको छ।

संविधान संशोधनका लागि प्रमुख प्रतिपक्षी दल एमालेले सहयोग नगर्ने बताएपछि संशोधनका लागि दुईतिहाई नपुग्ने भएकाले सरकार एक कदम पछि हटेको हो।

पूर्वगृहमन्त्री एवं कांग्रेस नेता विमलेन्द्र निधिले तत्कालका लागि संशोधन विधेयक अगाडि नबढने जनाउ दिएका छन्। ‘संविधान संशोधनमा एमालेले समर्थन न गर्ने र दुईतिहाई न पुग्ने भएपछि उक्त संशोधन प्रस्ताव हाललाई अगाडि न बढ्ने भो।यसबारे आजै राजपा संग बैठक छ,’ टवीट गर्दै निधिले भनेका छन्।  

यसअघि मंगलबार नै कांग्रेस, एमाले र माअाेवादी केन्द्रबीच संविधान संशाेधन विधेयकबारे छलफल भएकाे थियाे। विधेयक अगाडि बढाउने बारे सहमति हुन नसकेपछि सरकार तत्कालका लागि विधेयक अगाडि नबढाउने मुडमा  पुगेकाे छ।


 

More form the Internet

loading...