Suvadin, Home

भरतपुर प्रकरणःमतगणना विवाद सम्वन्धी फैसला आज हुँदै 

चितवनको भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज हुने भएको छ । सर्वोच्च अदालतले नयाँ नेतृत्व पाएको छ।
रेणु दाहाल र देवी ज्ञावली।

काठमाडौं, साउन २ –चितवनको भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज हुने भएको छ ।   सर्वोच्च अदालतले नयाँ नेतृत्व पाएको छ। आइतबार मात्र प्रधानन्यायाधिश पाएको सर्वोच्च अदालतले लामो समयदेखि भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को फैसला गर्न सेकेको छैन।

यसअघि पटकपटक बाहना बनाएर फैसला सार्ने काम भइरहेको थियो। विभिन्न बाहना पटकपटक इजलास सारेपनि आज तोकिएको इजलास अघि बढ्ने सबैले विश्वास गरेका छन्।यसअघि असार २६ मा न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ पेसी तोकिएको थियो तर हेर्न नभ्याउने भन्दै आजका लागि सारिएको थियो।

भरतपुर प्रकरणमा सर्वोच्च अदालतमा सुनुवाई पटक–पटक सर्दै आएको छ। कागजातहरु दुई साताअघि नै अदालतमा पेश भइसकेका छन्। भतरपुर महानगरपालिकामा मतगणनाका क्रममा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेको हो।

तर, आयोगको निर्णयमा चित्त नबुझेपछि वडा नम्बर १९ का एमाले उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्बोच्चमा रिट दायर गरेका थिए। 


 

More form the Internet

loading...