Suvadin, Home

धनगढी उपमहानगरपालिकाको मतगणना कार्य रोकियो
एउटा बुथमा मुचुल्का भन्दा ३ मत भेटिए

कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणना पुनः स्थगित भएको छ।७ नम्बर वडाको मतगणना सुरु गर्ने क्रममा एउटा बुथमा मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएको र अर्को बुथको मुचुल्कै हराएको पाइएपछि दलका प्रतिनिधिहरुले असन्तुष्टि जनाएका थिए।
धनगढीमा मतगणना गरिदै।

काठमाडौं, असार १८– कैलालीको धनगढी उपमहानगरपालिकाको मतगणना पुनः स्थगित भएको छ।७ नम्बर वडाको मतगणना सुरु गर्ने क्रममा एउटा बुथमा मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएको र अर्को बुथको मुचुल्कै हराएको पाइएपछि दलका प्रतिनिधिहरुले असन्तुष्टि जनाएका थिए।


कैलालीका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले हराएको मुचुल्का ल्याउन नसक्ने बताएपछि दलका प्रतिनिधिले बिरोध स्वरुप मतगणना बहिस्कार गर्दै बाहिरिएका थिए।


यसअघि पनि गणनामा जोडिएको मत परिणाम र कम्प्युटरमा जोडिएको मत परिणाम फरक परेपछि दलहरुले बहिस्कार गर्दा मतगणना रोकिएको थियो।


सहमतिका लागि दल र निर्वाचन आयोगबीच छलफल सुरु भएको छ। धनगढी उपमहानगरको वडा नम्बर १, २, १९ र १८ नम्बर वडाको मतगणना सम्पन्न भइसकेको छ।


अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार अग्रस्थानमा रहँदा स्वतन्त्र उम्मेदवार दोस्रो, एमाले र माओवादीका उम्मेदवार क्रमशः तेस्रो र चौथो स्थानमा छन्। धनगढीमा १३ हजार भन्दा बढी मत गनिएको छ।


 

More form the Internet

loading...