Suvadin, Home

भरतपुर प्रकरणःआज पनि सुनुवाई भएन, अर्को सुनुवाई साउन २ गते 

सर्वोच्च अदालतमा विचाराधिन रहेको भरतपुर महानगरपालिका– १९ को मतगणना विवाद सम्बन्धि मुद्धा फेरि स्थगित भएको छ।
सर्वोच्च अदालत।

काठमाडौं, असार २७–सर्वोच्च अदालतमा विचाराधिन रहेको भरतपुर महानगरपालिका– १९ को मतगणना विवाद सम्बन्धि मुद्धा फेरि स्थगित भएको छ।न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा भरतपुर प्रकरणको सुनुवाईको पेशी तोकिएको थियो। तर, हेर्न नभ्याइने भन्दै साउन २ गतेका लागि सारिएको छ।

भरतपुर प्रकरणमा सर्वोच्च अदालतमा सुनुवाई सरेको यो तेस्रो पटक हो। यसअघि दुई पटक सरिसकेको छ।न्यायाधीश ओमप्रकाश मिश्रले व्यक्तिगत कारण देखाउँदै ‘हेर्न नभ्याइने’ बताएपछि २६ असारका लागि सुनुवाईको सूचीमा परेको मुद्धाको सुनुवाई सरेको हो।

यसअघि २३ असारमा सुनुवाईका लागि तोकिएको मुद्धा २६ असारका लागि सारिएको थियो। न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा पेशी तोकिएको मुद्धाको सुनुवाई अब २ साउनमा हुनेछ।

भरतपुर महानगरपालिकामा ३१ बैशाखमा भएको प्रथम चरणको स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेकै बेला माओवादीका प्रतिनिधिहरुले मतपत्र च्यातेपछि स्थगित हुन पुगेको थियो। निर्वाचन आयोगले भरतपुर–१९ मा पुनः मतदान गर्ने निर्णय गरेपछि यो विषय सर्वोच्च अदालतमा पुगेको थियो।
 


 

More form the Internet

loading...