Suvadin, Home

भरतपुर प्रकरणको सर्वोच्चले आज सुनुवाई गदैं 

लामो समयदेखि सारिदै आएको भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको मुद्दाको सुनुवाई आजका लागि पेशी तोकिएको छ।
सर्वोच्च अदालत।

काठमाडौ, साउन ८– लामो समयदेखि सारिदै आएको भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको मुद्दाको सुनुवाई आजका लागि पेशी तोकिएको छ। न्यायाधीशद्वय ओमप्रकास मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले यस मुद्धाको सुनुवाई गर्नेछन्। मिश्र र भण्डारीको आजको इजलासमा २ नम्बरमा राखिएको छ।

यसअघि साउन २ गते सोमबार सुनुवाई नसकिएपछि अर्को सुनुवाई आजका लागि तय गरिएको हो। सोमबार बहस नसकिएपछि सुनुवार्इ न्यायाधीश भण्डारी उपचारका लागि अमेरिका जानुपर्ने भएकाले सुनुवाई एक साता सारेको थियो।पहिलो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना भईरहेका बेला माओवादीका कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो।

निर्वाचन आयोगको पुनः मतदानको गर्ने निर्णयविरुद्ध एमालेका वडा नम्बर १९ का वडा सदस्य उम्मेदवार समेत रहेका गुन्जमान बिकले सर्वोच्चमा दिएको रिट दायर गरेका थिए। यसबारे सर्वोच्चमा परेको रीटमाथिको सुनुवाइ यसअघि पाँच पटक सरेको थियो।भरतपुर महानगरपालिकाका २९ मध्ये २७ वडाको गणना सम्पन्न भइसेको छ भने १९ को मतगणना अन्योलमा छ। वडा नं २० को मतगणना भने बाँकी छ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतगणनाका क्रममा च्यातिएका ९० मतपत्र पनि सर्वोच्च अदालतमा बुझाइसकेको छ।भरतपुर महानगरपालिकामा रेणु दाहाल र देवी ज्ञवालीबीच  प्रतिष्पर्धा छ। 


 

More form the Internet

loading...