Suvadin, Home

 भरतपुर प्रकरणको पेशी भोलीका लागि 

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा मंगलबार सुनुवाई हुने भएको छ।
रेणु दाहाल र देवी ज्ञावली।

काठमाडौ., साउन ९ – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा मंगलबार सुनुवाई हुने भएको छ।  न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरषोत्तम भण्डारीको इजलासमा सोमबार भएको सुनुवाईमा बहस नसकिएका कारण यो मुद्दालाई हेर्दा हेर्दैमा राखिएको हो।

मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले भरतपुरको १९ नम्बर वडामा पुन मतदान गराउने निर्णय गरेको थियो।त्यसपछि १९ नम्बर वडाका वडा सदस्य गुञ्जमान बिकसमेतले आयोगको निर्णय खारेज गरी मतगणना गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

बैशाख २१ गते दर्ता भएको यो मुद्दामा सर्वोच्चले निर्णय नसुनाउँदा चुनाव भएको साढे २ महिना हुनै लाग्दा पनि भरतपुरमा मेयर उपमेयर तथा केही वडाका अध्यक्ष र सदस्य चयन हुन सकेका छैनन। 


 

More form the Internet

loading...