Suvadin, Home

विवेकशील साझा पार्टी फुट्यो

साझा पार्टी र विवेकशील नेपाली एकीकरण भएको १६ महिना पूरा नहुँदै विवेकशील साझा पार्टी फुटेको छ। संयोजक थापा दुई सांसदसहित नयाँ दल दर्ता गराउन आएको निर्वाचन आयोगले पुष्टी गरेको छ।

काठमाडौं, २७ पुस – विवेकशील साझा पार्टीका संयोजकमध्येका एक उज्वल थापाले शुक्रबार आफ्नो नेतृत्वमा निर्वाचन आयोगमा छुट्टै पार्टी दर्ता गराएका छन्।

साझा पार्टी र विवेकशील नेपाली एकीकरण भएको १६ महिना पूरा नहुँदै विवेकशील साझा पार्टी फुटेको छ। संयोजक थापा दुई सांसदसहित नयाँ दल दर्ता गराउन आएको निर्वाचन आयोगले पुष्टी गरेको छ।

केही दिनअघि मात्रै पार्टीभित्र व्यापक सुघार गर्नुपर्ने माग गर्दै संयोजक थापाले सदस्यहरूलाई १६ बुँदे प्रतिवेदन बाँडेपछि असन्तुष्टि बाहिरी सतहमा आएको थियो।

१८ पृष्ठ लामो प्रतिवेदनमा साझा पार्टी गलत बाटो तर्फ गएको संयोजक थापाले निष्कर्ष निकालेका थिए। त्यसलगत्तै, विवेकशील साझा पार्टीमा पूर्वविवेकशील समूहको अनुपस्थितिमै सम्पूर्ण विभाग भंग गर्दै केन्द्रीय समिति विस्तार गरिएको थियो।

पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा गत मंगलबार बसेको संयोजन समितिको बैठकले दुई जनसंगठन गठनसमेत गरेको थियो। निर्वाचन आयोगका  प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार निवेदनमा नयाँ पार्टीको नाम विवेकशील नेपाली दल प्रस्ताव  गरिएको छ।


 

More form the Internet

loading...