Suvadin, Home

कांग्रेसको नेतृत्वमा सरकार बने राजनीति स्थिरः आचार्य

संविधानविद् निलाम्बर आचार्यले नेपाली कांग्रेसले सरकारको नेतृत्व नगर्दासम्म देशको राजनीति स्थिर नहुने बताएका छन्। दाङको तुलसीपुरमा शुक्रबार आयोजित साक्षात्कारमा उनले अहिले जनमतको सही रुपमा कदर नभएको बताएका हुन्।
कार्यक्रममा बोल्दै अाचार्य।

दाङ, माघ २८- संविधानविद् निलाम्बर आचार्यले नेपाली कांग्रेसले सरकारको नेतृत्व नगर्दासम्म देशको राजनीति स्थिर नहुने बताएका छन्। दाङको तुलसीपुरमा शुक्रबार आयोजित साक्षात्कारमा उनले अहिले जनमतको सही रुपमा कदर नभएको बताएका हुन्।

संविधानविद् आचार्यले भने, ‘सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले सरकारको नेतृत्व नगर्दा देशमा समस्या भइरहेको छ, र जुन दिन काँग्रेसले नेतृत्व गर्छ अनि देशले निकास पाउनेछ।’ जनमत विपरीत दोस्रो र तेस्रो दलले सरकारको नेतृत्व गर्दा उनीहरु अनिर्णयको बन्दी भएको उनको तर्क थियो।

पहिलो दलले सरकारको नेतृत्व नगर्नु र अन्यले संसदमा पनि राम्रो भूमिका खेल्न नसक्नु तथा अन्य दललाई पनि मिलाएर लैजान नसक्नुले समस्या उत्पन्न भएको उनले बताए। सरकारको अकर्मन्यताले निर्वाचनको मिति घोषणा नभएको बताएका उनले सररका जसरी हुन्छ निर्वाचन गराउन लागि पर्नुपर्ने उनको धारणा थियो।

संविधानविद् आचार्यले निर्वाचन सम्बन्धी सबै विषय तत्काल टुग्यांउन दलहरुलाई आग्रह गर्दै निर्वाचन आयोगलाई औपचारिक रुपमै निर्वाचन सम्बन्धी  कानुनहरु प्रदान गर्न सरकारलाई आग्रह गरेका थिए।

तर, सरकार निर्वाचनका लागि जिममेवार नदेखिएको भन्दै उनले फागुन १० गतेसम संसद स्थगित गर्नु ठुलो गल्ती भएको बताएका छन्। यसले सरकार निर्वाचनप्रति गम्भीर छैन कि भन्ने संशय पैदा गरेको उनको आशंका थियो।

‘सरकार जसरी भएपनि निर्वाचन गराउन र संविधान कार्यान्वयलाई व्यवहारिकतामा लैजान लाग्न आवश्यक छ,’ उनले भने ‘मधेस केन्द्रित दलहरुले सरकारको सर्मथन गर्ने, तर निर्वाचन पनि गर्न दिन्न भन्नु बाल हठ मात्रै हो।’ माघ ७ भित्रै तीन वटै निर्वाचन गर्न नसकेको खण्डमा  दलहरुको वैधानिकता समाप्त हुने र दलहरु खारेज हुने खतरा उन्पन्न हुन सक्ने उनको धारणा थियो।

प्रदेशको अनुमति बिना सीमांकन हेरफेर नहुने धारणा

यसैबीच, संविधानविद् आचार्यले प्रदेशको अनुमति बिना सीमांकन हेरफेर गर्न नमिल्ने बताएका छन्। आचार्यले पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर गर्ने सरकारी प्रयास गलत भएको बताएका छन्।

उनले प्रदेशको निर्वाचन नगरी सीमांकन हेरफेर गर्ने अधिकार संविधानले प्रदान नगरेको दाबी गरे। निर्वाचन नगरी सीमांकन हेरफेर र संशोधन गर्ने बाटो संविधानमा नरहेकोे हुँदा पहिला निर्वाचन गराउन जरुरी रहेको उनले बताए।

आर्चायले संविधान कार्यान्वयनमा लैजान निर्वाचन अपरिहार्य रहेको भएपनि दलहरुले बेइमानी गरिरहेको आरोप लगाए। उनले भने, ‘निर्वाचनमार्फत ताजा जनादेश प्राप्त गरेपछि मात्रै संविधानको कार्यान्वयनमा सहजता आउने छ।’

निर्वाचन नगराए लोकतन्त्र बलियो नहुने हुँदा निर्वाचनपछि प्राप्त हुने ताजा जनादेशले संविधानमा रहेका कमिकमजोरी संशोधन गर्न सकिने उनको धारणा थियो। आचार्यले  संविधान अन्तरगतका जनप्रतिनिधि निर्वाचित भएमा मात्रै सही रुपमा संविधान कार्यान्वयन हुने दाबी गरेका थिए।


 

More form the Internet

loading...