Suvadin, Home

राष्ट्रियसभा निर्वाचन आचारसंहिता लागू

माघ ९ गते हुने राष्ट्रियसभाका १८ रिक्त स्थानको निर्वाचनका लागि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आजबाट सरकारदेखि पर्यवेक्षकसम्मलाई लागू हुनेगरी आचारसंहिता जारी गरेको हो ।

काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभाका १८ रिक्त स्थानको निर्वाचनका लागि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आजबाट सरकारदेखि पर्यवेक्षकसम्मलाई लागू हुनेगरी आचारसंहिता जारी गरेको हो ।

आयोगले आचारसंहिता लागू भइसकेको जनाएको छ । आयोगका अनुसार निर्वाचन प्रभावित हुने गरी सरुवा, बढुवादेखि लिएर मतदातालाई प्रभावमा पार्नेसम्मका गतिविधि नगर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ ।

आयोगका अनुसार निम्न संस्था र व्यक्तिका लागि आचारसंहिता लागू भएको छ ।

(क) नेपाल सरकार र नेपाल सरकारका मन्त्री,
(ख) प्रदेश सरकार र स्थानीय तह,
(ग) प्रदेश सरकार र स्थानीय तहका कर्मचारी,
(घ) सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी


 

More form the Internet

loading...