Suvadin, Home

कोरियाली प्रायदीपतर्फ अघि बढे अमेरिकी युद्धपोत 

अमेरिकाको सेनाले उसका युद्धपोतलाई कोरियाली प्रायदीपतर्फ अगाडि बढ्न आदेश दिएको छ। हमलाका लागि निक्कै सक्षम मानिएका कार्ल विनसन टुकडीमा युद्धपोतका अतिरिक्त एयरक्राप्ट कैरियर पनि सामेल छन्। 
अमेरिकाको युद्धपोत।

काठमाडौं, चैत २७– अमेरिकाको सेनाले उसका युद्धपोतलाई कोरियाली प्रायदीपतर्फ अगाडि बढ्न आदेश दिएको छ। हमलाका लागि निक्कै सक्षम मानिएका कार्ल विनसन टुकडीमा युद्धपोतका अतिरिक्त एयरक्राप्ट कैरियर पनि सामेल छन्। 

अमेरिकी प्रशान्त क्षेत्र कमान्डले दक्षिणी क्षेत्रतर्फ अगाडि बढिरहेको यो तैनाथीलाई बुद्धिमत्ताको संज्ञा दिएको छ। यसले आफ्नो तयारी झल्किएको उसको भनाइ छ। 

राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु धम्कीसँग जुध्नका लागि अमेरिका एक्लै सक्षम रहेको प्रतिक्रिया दिएका छन्। अमेरिकाको प्रशान्त क्षेत्र कमाण्ड गर्ने प्रवक्ता डेव बेनहमले भने, ‘यस क्षेत्रमा सबैभन्दा बढी खतरा उत्तर कोरिया बाट छ। किनकि ऊ गैरजिम्मेवार छ। आफ्ना मिसाइल परीक्षण र परमाणु हतियार बनाएर उसले खतरनाक खेल खेलिरहेको छ।’

उत्तरकोरियाले अमेरिकालाई उल्टै आरोप लगाएको छ। उसले सिरियामा अमेरिकी मिसाइल आक्रमणले उत्तर कोरियाको परमाणु कार्यक्रम अझै चुस्त गर्ने निर्णयलाई सत्य साबित गरेको जनाएको छ।

एक सरकारी प्रवक्ताले भनेका छन्, ‘शुक्रबार भएको आक्रमण एक सम्प्रभू मुलुकविरुद्धको असहनीय आक्रमण हो।’

बुधबार सिरियाका विद्रोहीहरूले कब्जा गरेको इलाकामा संदिग्ध रासायनिक हमला भएको थियो। जसमा ८९ सर्वसाधारणको ज्यान गएको थियो। त्यसपछि शुक्रबार अमेरिकाले टमहक मिसाइलबाट सिरियाका केही ठाउँहरूमा आक्रमण गरेको थियो। 
 


 

More form the Internet

loading...