Suvadin, Home

Cover Image

सीमा अतिक्रमणको विरुद्धमा माइतिघरमा नेविसंघको प्रदर्शन

भारतले गरेको सीमा अतिक्रमणको बिरुद्धमा माइतीघरमा प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी संघले आइतबार माइतीघर मण्डलामा पर्दर्शन गरेका हुन् ।

काठमाडौं । भारतले गरेको सीमा अतिक्रमणको बिरुद्धमा माइतीघरमा प्रदर्शन गरिएको छ । नेपाल विद्यार्थी संघले आइतबार माइतीघर मण्डलामा पर्दर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीसंग झडप समेत भएको थियो ।

सङ्घका बिद्यार्थीहरूले माइतीघर मण्डलामा भेला भएर सीमामा भएका ज्यादती सह्य नहुने चेतावनी समेत दिएका थिए । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले भारतले सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले समेटेको भन्दै त्यसको चर्को विरोध समेत गरेका छन् ।

भारतले जारी गरेको नयाँ नक्सा नक्सा सच्याउनुपर्ने उनीहरुको माग थियो । प्रदर्शनका क्रममा विद्यार्थीहरुले माइतीघर मण्डला परिक्रमा गर्न खोज्दा प्रहरीसंग केही बेर झडप समेत भएको थियो ।

यसअघि, नेपाल विद्यार्थी संघले लैनचौरस्थित भारतीय दूतावास अगाडि गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा नेविसंघका केही कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।


 

More form the Internet

loading...