Suvadin, Home

नेविसंघले जलायो प्रधानमन्त्रीको पुत्ला 

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ । बाँकेको कोहलपुरमा आइतबार स्कुलले बालबालिकामाथि भएको प्रहरी ज्यादतिको बिरोध गर्दै नेविसंघले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ । बाँकेको कोहलपुरमा आइतबार स्कुलले बालबालिकामाथि भएको प्रहरी ज्यादतिको बिरोध गर्दै नेविसंघले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।

सरकार शान्ति, सुरक्षामा चुकेको र स्कुलले बालबालिकामाथि प्रहरीले अन्धाधुन्ध लाठी तथा गोली वर्षाएको भन्दै नेविसंघ आन्दोलित बनेको हो । 

काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि नेविसंघले प्रधानमन्‍त्री ओलीको पुत्ला दहन गरेको हो । प्रदर्शनमा उत्रिएका विद्यार्थी नेताहरूले सरकार तथा प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका थिए । 

उनीहरुले स्कुलले बालबालिकामाथि लाठीचार्ज गर्ने प्रहरीलाई बर्खास्त गर्नुपर्ने, ट्रक चालकलाई कारबाही गर्नुपर्ने लगायतका माग गरेका थिए । 


 

More form the Internet

loading...