Suvadin, Home

नेवि संघ उपाध्यक्षः ९ वर्षकाे उमेरमा मात्रै विद्यालय भर्ना
गिरिजाबाबुको प्रेरणाले राजनीतिमा लागेकी उर्मिला थपलिया

‘म सानैदेखि साहित्यलेखन गर्थें,’ उर्मिलाले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालासँग भएकाे पहिलाे भेट स्मरण गर्दै भनिन्, ‘कवितावाचन गर्ने शिलशिलामा गिरिजाबाबुसँग भेट भयो, उहाँसँगको पहिलो भेट नै मेरो राजनीतिक जीवनमा कोशेढुंगा सावित भयो।’
नेपाल विद्यार्थी संघकी उपाध्यक्ष उर्मिला थपलिया (सीता)।

काठमाडौं, भदौ ४ – वि.सं. २०५३ सालमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नका लागि पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला धादिङ गएका थिए। कार्यक्रम चलिरहेका बेला पालो आयो, कवितावाचनको। सानी बालिका मुसुमुसु हाँस्दै स्टेजतर्फ अघि बढिन्। र, सशक्त रुपमा कविता प्रस्तुत गरिन्। 

गिरिजाबाबुलाई लाग्यो, ‘यिनी राजनीति गर्नुपर्ने बालिका हुन्।’ कवितावाचन गरिसकेपछि ती बालिका स्टेजबाट बिदा लिने तर्खरमा थिइन्। तर, नेता कोइरालाले उनलाई आफू भएको ठाउँमा बोलाए। छेउमा राखेर सबैकुरा सोधे। उनले पनि लजाउँदै–डराउँदै सरासर उत्तर दिइन्। अन्त्यमा बालबालिकालाई असाध्यै माया गर्ने कोइरालाले ‘तिमी राजनीतिमा लाग है, मेरो आर्शिवाद र शुभकामना’ भने। उनी पनि ‘हस्’ भन्दै त्यही सुमधुर मुस्कानका साथ बिदा भइन्। 

ती सानी बालिका अरु कोही नभएर नेपाल विद्यार्थी संघकी वर्तमान उपाध्यक्ष उर्मिला थपलिया (सीता) थिइन्। ‘म सानैदेखि साहित्यलेखन गर्थें,’ उर्मिलाले पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालासँग भएकाे पहिलाे भेट स्मरण गर्दै भनिन्, ‘कवितावाचन गर्ने शिलशिलामा गिरिजाबाबुसँग भेट भयो, उहाँसँगको पहिलो भेट नै मेरो राजनीतिक जीवनमा कोशेढुंगा सावित भयो।’

स्टेजमा मुलुककै गन्यमान्य नेताहरुका सामू जाँदा उत्साह र डर दुवैको अनुभूति गरेको उनले बताइन्। कोइरालाले अर्का नेता रामनाथ अधिकारीसँगै राखेर उनीसँग भलाकुसारी गरेका थिए। ‘त्यसपछि गाउँमा गिरिजाबाबुले के भन्नु भयो, के सोध्नुभयो भनेर धेरैले सोधेपछि मलाई उत्तरदायित्वको बोध भएझैं लाग्यो,’ उर्मिलाले शुभदिनसँग भनिन्, ‘र, राजनीतिक यात्रा पनि यसरी नै शुरु भयो।’ 


पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले उनलाई आफू भएको ठाउँमा बोलाए। छेउमा राखेर सबैकुरा सोधे। उनले पनि लजाउँदै–डराउँदै सरासर उत्तर दिइन्। अन्त्यमा बालबालिकालाई असाध्यै माया गर्ने कोइरालाले ‘तिमी राजनीतिमा लाग है, मेरो आर्शिवाद र शुभकामना’ भने। उनी पनि ‘हस्’ भन्दै त्यही सुमधुर मुस्कानका साथ बिदा भइन्। 

९ वर्षमा मात्रै स्कूल गइन्

धादिङको सिद्धलेक गाउँपालिका–२ (नलाङगाड)मा बुवा टंकप्रसाद र आमा मायादेवी थपलियाको कोखबाट वि.सं. २०३९ साल भदौ ९ गते जन्मिएकी हुन्, उर्मिला। दुई जना दाजु, एक दिदी र ३ बहिनी छन्। 

प्रारम्भिक शिक्षा लिन पनि उर्मिलाले संघर्ष नै गर्नु परेको थियो। थपलियाकाे परिवार शिक्षित भएकाले उनलार्इ पढ्न समस्या थिएन। तर, स्कूल घरभन्दा धेरै टाढा भएकाले उनी ढिलाेगरी स्कूल गएकी हुन्।

उनी भन्छिन्, ‘हाम्राे परिवार त शिक्षित थियाे, तर छोरीलाई पढाउनु हुन्न भन्ने कुरीतिले गाँजेको समाजमा ९ वर्षको उमेरमा भएपनि स्कूल जान पाउनु मेरा लागि ठूलो सफलता थियो।’ सानैमा विवाह गरिदिने प्रयास पनि भएको थियो। तर, उनी आफ्नो भविश्य निर्माणमै केन्द्रित भइन्। 

नेवि संघ उपाध्यक्ष थपलियाले प्रारम्भिक शिक्षा आर्जन गरेको स्कूलमा भौतिक संरचना थिएन। ‘विद्यार्थीलाई छाप्रोमा गुन्द्रीमा राखेर पढाइन्थ्यो। उर्मिलाले निलकण्ठ उच्च माध्यमिक विद्यालयमा तीन कक्षादेखि १२ सम्म अध्ययन गरिन्। उनी अहिले पद्मकन्या क्याम्पसमा राजनीतिकशास्त्रमा स्नातक तकको अध्ययन गरिरहेकी छिन्। 

‘गुरु घिमिरे, बद्री पाण्डे, विश्वप्रकाश शर्मा, गगन थापा प्रदीप पौडेल, धनराज गुरुङजस्ता जुझारु युवा नेतालाई पार्टी र सरकारको नेतृत्व दिनुपर्छ,’ उनले भनिन्, ‘रिजल्ट दिन सक्ने युवालाई नेतृत्व दिए १० वर्षभित्रमा सबै नेपाली स्वरोजगारी बन्न सक्छन्, प्रतिव्यक्ति आय दोब्बर हुन्छ।’

‘विद्रोही’ बालिका

‘हुने बिरुवाको चिल्लो पात’ भनेझैं उर्मिला सानैदेखि निडर स्वभावकी थिइन्। गाउँमा त्यति बेला प्रायः महिलाहरु अन्यायमा पर्थे। गाउँमा कोही–कसैमाथि अन्याय भए उनी प्रहरीलाई सुटुक्क भन्थिन्।

‘तर, प्रहरीले पनि असहयोग गरेको पाइन्थ्यो,’ उनले भनिन्, ‘पीडितलाई प्रहरीले नै सहयोग नगरेपछि समाजमा देखिएको अन्यायको भयावह स्थिति अन्त्य गर्न पनि राजनीतिमै लाग्नुपर्छ भन्ने अठोट गरेँ।’

गाउँघरमा मात्रै होइन, उर्मिला कक्षामा विद्यार्थीमाथि ज्यादती गर्ने शिक्षकसँग प्रतिवाद गर्थिन्। ‘बाबुराम अधिकारी सर हुनुहुन्थ्यो, उहाँले सधैँ तिमी नेता हुन्छौँ भन्नुहुन्थ्यो,’ कक्षामा शिक्षकले भनेको कुरा उनले याद गरिन्।

सामाजिक र राजनीतिक रुपमा महिलाहरु सशक्त हुँदै गएपनि विभेद अन्त्य हुन बाँकी रहेको उपाध्यक्ष थपलियाको निष्कर्ष छ। कानूनी व्यवस्था कार्यान्वयनमा रहेका जटिलता अन्त्य गरेमा विभेद विस्तारै कम हुने उनी बताउँछिन्।

थपलियाको राजनीतिक यात्रा

नेपाल विद्यार्थी संघकी उपाध्यक्ष उर्मिला थपलिया माध्यमिक तहको अध्ययन गर्दा नै राजनीतिमा सक्रिय भएर लागेकी हुन्। निलकण्ठ माविमा उनी नेवि संघको उपाध्यक्ष भएर काम गरिन्।

जिल्ला कोषाध्यक्ष, उच्च मावि स्तरीय समितिको सचिव तथा दुई पटक जिल्ला समितिमा रहेर काम गरिन्। विश्वभाषा क्याम्पसमा स्ववियू सचिव समेत रहिसकेकी उनी वि.सं. २०६३ सालमा नेवि संघ केन्द्रीय सदस्य भइन्।

नेपाली कांग्रेसको महासमिति सदस्य तथा विभिन्न जिम्मेवारीमा रहँदै गत महाधिवेशनबाट थपलिया नेवि संघको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिरहेकी छिन्। 

उर्मिलाका अनुसार नेपाली समाजको बनावट नै महिला र पुरुषबीच विभेद गर्ने खालको छ। उनी भन्छिन्, ‘महिलाले पारिवारिक सत्तासँग लड्नुपर्छ, परिवारबाट बाहिर निस्किएपछि सामाजिक सत्तासँग, त्यसपछि राज्यसत्तासँग।’

साहित्यमा लगाव
राजनीतिमा व्यस्त रहने उर्मिलाले साहित्यका लागि पनि समय छुट्याएकी छिन्। साहित्यलेखनमा क्रियाशील उनी निरन्तर कलम चलाउँछिन्। उर्मिलाले लेखरचनाहरुको संग्रह ‘अमर गिरिजाबाबु’, तथा ‘नेवि संघ केहो ?’ पुस्तक प्रकाशित गरिसकेकी छिन्।

साथै, दुई वटा कविता संग्रह र गजल संग्रहसहितका पुस्तक प्रकाशित छन्। ‘लेखन कार्य जारी छ, समय सन्दर्भ मिलाएर अध्ययन र लेखन कार्यलाई निरन्तरता दिइरहेकी छु,’ उनले भनिन्।

महिलाका समस्या र समाधान

राजनीतिमा लागेपछि उर्मिलाले सामाजिक विभेदको अनुभव अझै धेरै गरिन्। विभिन्न कार्यक्रमहरुमा जाँदा मुलुकभरिका हजारौं महिला दिदीबहिनीलाई भेट्दा उर्मिलालाई लाग्यो, ‘नारीमाथिको विभेद अन्त्य गर्न गतिलै कदमको आवश्यकता छ।’

उर्मिलाका अनुसार नेपाली समाजको बनावट नै महिला र पुरुषबीच विभेद गर्ने खालको छ। उनी भन्छिन्, ‘महिलाले पारिवारिक सत्तासँग लड्नुपर्छ, परिवारबाट बाहिर निस्किएपछि सामाजिक सत्तासँग, त्यसपछि राज्यसत्तासँग।’

राज्यसत्तासँग महिलको संघर्ष अत्यन्तै तीव्र रहेको विश्लेषण गर्छिन्। ‘राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने कानूनी व्यवस्था छ,’ उनी भन्छिन्, ‘तर, त्यो कानूनले सुनिश्चित गरेको अधिकारका लागि पनि लड्नु पर्ने अवस्था आउनु नै सबैभन्दा ठूलो अन्याय हो।’

शक्तिशाली मन्त्रालयमा महिलाको सहभागिता सुनिश्चित गर्न सके भ्रष्टाचार पनि रोकिने उनको तर्क छ। महिलाहरुले कुशल नेतृत्व दिइरहेको उनले उल्लेख गरिन्। ‘संविधानमा भएको महिलाको अधिकारलाई कार्यान्वयन गरेमा मात्रै यी समस्याको समाधान निस्किन्छ,’ उनले चेतावनी दिँदै भनिन्, ‘नभए फेरि पनि अधिकारका लागि आन्दोलन हुन्छ।’ 

मुलुक अब पुरातन सोचबाट चल्न नसक्ने धारणा थपलियाले राखेकी छिन्। उनले नैतिकवान युवा नेताहरुले मुलुकलाई समृद्ध बनाउन सक्ने टिप्पणी गरिन्। ‘कार्यकर्तामा मात्रै आचरण र अनुशासन खोज्ने प्रवृत्ति छ,’ उनको निष्कर्ष छ, ‘शीर्ष नेताहरु नै नैतिकतावान र पारदर्शी बन्नुपर्छ, सबै समस्याको समाधान निस्किन्छ।’

नेपालमै छ रोजगारीको सम्भावना

नेपालमा रोजगारी सिर्जना गर्न राज्यको प्रयत्न नपुगेको निष्कर्षमा थपलिया पुगेकी छिन्। ‘१०–१५ लाख खर्च गरेर भएपनि विदेश नै जाउँ, त्यहाँ पैसाको खोलो बग्छ भन्ने मान्यताको विकास भइसक्यो,’ उनी भन्छिन्, ‘त्यो पैसा यही लगानी गर्न सके मुलुकको विकास गर्न धेरै समय लाग्दैन।’

प्राविधिक व्यावहारिक शिक्षाका लागि राज्यले लगानी बृद्धि गर्नुपर्ने उनको धारणा छ। शैक्षिक बेरोजगारी समस्याको अन्त्य गर्नका लागि पनि पहल गर्नुपर्ने उनको टिप्पणी छ। ‘यहाँ त प्राविधिक शिक्षा आर्जन गरेका इञ्जिनियरहरुकै बेहाल छ, अरुको के कुरा!,’ थपलियाले भनिन्, ‘त्यसैले तत्काल नीतिगत व्यवस्था गरेर यो समस्या हल गर्नुपर्छ।’

राजनीतिलाई सेवाको रुपमा लिनुपर्ने बताउँदै उपाध्यक्ष थपलियाले आन्दोलन र निर्वाचनका बेला मात्रै युवा परिचालन गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने धारणा राखिन्। 

अबको नेतृत्व युवा नेतालाई

मुलुक अब पुरातन सोचबाट चल्न नसक्ने धारणा थपलियाले राखेकी छिन्। उनले नैतिकवान युवा नेताहरुले मुलुकलाई समृद्ध बनाउन सक्ने टिप्पणी गरिन्। ‘कार्यकर्तामा मात्रै आचरण र अनुशासन खोज्ने प्रवृत्ति छ,’ उनको निष्कर्ष छ, ‘शीर्ष नेताहरु नै नैतिकतावान र पारदर्शी बन्नुपर्छ, सबै समस्याको समाधान निस्किन्छ।’

थपलियाले नेपाली कांग्रेसमा धेरै युवा नेता अहिले नै मुलुकको नेतृत्व लिन सक्ने क्षमताका रहेको बताइन्। ‘गुरु घिमिरे, बद्री पाण्डे, विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङजस्ता जुझारु युवा नेतालाई पार्टी र सरकारको नेतृत्व दिनुपर्छ,’ उनले भनिन्, ‘रिजल्ट दिन सक्ने युवालाई नेतृत्व दिए १० वर्षभित्रमा सबै नेपाली स्वरोजगारी बन्न सक्छन्, प्रतिव्यक्ति आय दोब्बर हुन्छ।’

एमाले र माओवादीमा पनि मुलुकको नेतृत्व गर्न सक्ने धेरै युवा नेता रहेको टिप्पणी गरिन्। जनार्दन शर्मा, माधव ढुंगेल, गोकर्ण विष्टजस्ता युवा नेतालाई अगाडि बढाउनु पर्नेमा उनको जोड छ। साथै युवा नेताहरुले व्यक्तित्व र क्षमता विकासमा पनि ध्यान दिनुपर्ने बताएकी छिन्। ‘आफ्नो कुरा राख्न सक्ने र अरुको कुरा सुन्न सक्ने बानीको विकास गर्नुपर्छ,’ उनले भनिन्।

धादिङको विकासका पाँच आधार

आफू जन्मेको ठाउँलाई विकास र समृद्धिको उपहार दिने थपलियाको चाहना छ। यसका लागि उनी निरन्तर जुटिरहेकी छिन्। र, उत्तिकै चिन्तित पनि छिन्। ‘विशेषतः धादिङलाई पर्यटन र कृषिका माध्यमबाट समृद्ध बनाउन सकिन्छ,’ उनले भनिन्, ‘जडिबुटी प्रशोधन केन्द्र स्थापना, जलविद्युतको विकास र घरेलु तथा साना उद्योगलाई व्यवस्थित गर्न सके धादिङको रुप नै फेरिन्छ।’


 

More form the Internet

loading...