Suvadin, Home
Citizen Bank 422k

Cover Image

‘स्वतन्त्र मधेस गठबन्धन’को राष्ट्रिय परिषद् बैठकमा के हुँदैछ छलफल ? 

सिराह, चैत्र ३ – सीके राउत संयोजक रहेको ‘स्वतन्त्र मधेस गठबन्धन’को राष्ट्रिय परिषद् बैठक सिरहाको लहानमा शुरु भएको छ । बैठक यतिबेला सिरहाको लहान मरवाडी सेवा सदनमा बसिरहेको छ । सरकारसँग भएको ११ बुँदे सम्झौताबाट राजनीतिको मूलधारमा आएपछि गठबन्धनको यो पहिलो बैठक हो ।

बैठकमा मूलधारमा आएपछि गठबन्धनको अगामी रणनीति कस्तो हुने ? पार्टी दर्ता गराएर अगाडि बढ्ने कि नबढ्ने ? मधेसमा कुन–कुन एजेन्डा उठाउने ? लगायतका विषयमा छलफल हुनेछ ।
बैठकस्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ भने गठबन्धनका शीर्ष नेताबाहेक अरु कार्यकर्ता र सन्चारकर्मीलाईसमेत प्रवेशमा रोक लगाइएको छ ।

परिषद्का सदस्यहरुको मोबाइलसमेत बैठकस्थलभित्र निषेध गरिएको छ । बैठकमा तराईका २२ जिल्लाबाट परिषद् सदस्यहरु सहभागी छन् ।
 


 

More form the Internet

loading...