Suvadin, Home
Nepal life 2.601M

प्रधानमन्त्री कार्यालयमा वार रूम राख्ने तयारी

वार रूम राखेपछि प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग आफ्नै कार्यालयमा बसेर भिडियो सम्वाद पनि गर्न सक्नेछन्। 

काठमाडौं, १९ मंसिर – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा वार रूम राख्ने तयारी भइरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्तरमन्त्रालय तथा कार्यालयबीच विवादले भावी योजनाहरुमा कुनै किसिमको अवरोध देखा नपरोस् भनेर वार रूम राख्ने योजना बनाएको हो। 

अन्तरमन्त्रालय तथा कार्यालयको जुहारीमा कति साना ठूला परियोजना पल्सिएकाले यस्तो समस्या तत्काल समाधान गर्न वार रूमले मद्दत पुर्याउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरको विश्वास छ।

विश्वयूद्धमा विशेष गरि प्रयोगमा अाएको वार रूमको अवधारणा अमेरिका, भारत लगायतमा मुलुकमा विकसित भइरकेको छ। वार रूम राखेपछि तत्काल कुने समस्या अाइपरेमा प्रधामन्त्री कार्यालयबाट सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर समस्या हल गरिनेछ। 

वार रुममा भिजुअल उपकरण, डिभाइस समयतालिका र परियोजना जानकारी दिने विवरण राखिनेछ। यस्तै ह्वाइट बोर्ड, चार्टलगायतका माध्यमबाट समस्या भएका आयोजनाहरुको रिपोर्ट राख्ने काम पनि हुनेछ। जसले गर्दा विकास निर्माणमा हुने अन्तरमन्त्रालय विवाद, ढिलासुस्ती, गतिरोध तथा अन्य साना ठूला समस्या तत्काल समाधानमा हुनेछ।

त्यस्तै वार रूम राखेपछि प्रधानमन्त्रीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग आफ्नै कार्यालयमा बसेर भिडियो सम्वाद पनि गर्न सक्नेछन्। 


 

More form the Internet

loading...