Suvadin, Home

सिंहदरबारको अधिकार जनताको पहुँचमा : सभामुख

सभामुख ओनसरी घर्तीले स्थानीय तहको निर्वाचनपछि सबै भन्दाबढी दलित तथा महिला लाभान्वित हुने बताएकी छिन्। सभामुख घर्तीले सिंहदरबारको अधिकार आम जनताको पहुँचमा पुर्याउन पनि स्थानीय तहको निर्वाचनले बाटो खोलिदिने स्पष्ट पारिन्।
सभामुख घर्ती।

काठमाडौं, वैशाख ७ - सभामुख ओनसरी घर्तीले स्थानीय तहको निर्वाचनपछि सबै भन्दाबढी दलित तथा महिला लाभान्वित हुने बताएकी छिन्। सभामुख घर्तीले सिंहदरबारको अधिकार आम जनताको पहुँचमा पुर्याउन पनि स्थानीय तहको निर्वाचनले बाटो खोलिदिने स्पष्ट पारिन्।

बिहीबार काठमाडौंमा आयोजित ‘स्थानीय शासन प्रक्रियामा महिलाहरुको नेतृत्व र प्रतिनिधित्व सवलीकरण सम्बन्धी राष्ट्रिय सम्मेलन’लाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचन सफल बनाउने अभियानमा दिनरात खटेर आफनो क्षमता प्रर्दशन गर्न पनि महिला नेतृत्वको ध्यानाकर्षण गराइन्। सभामुख घर्तीले स्थानीय तहको निर्वाचनपछि स्थानीय तहमा महिला प्रतिनिधित्व उल्लेख्य हुने र त्यसले लैगिक समानताका आधारमा मुलुकलाई मुलुकलाई समृद्ध बनाउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गरिन्।

कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आयोगले महिला प्रतिनिधित्वको सवाललाई उच्च प्राथमिकता दिएको बताइन्। उनले महिलाहरुको साक्षारता र उच्च शिक्षाको दर कमी भएकै कारण राज्यको निकायमा उचित प्रतिनिधित्व गर्न सक्ने अवस्था नरहेको पनि उल्लेख गरिन्। प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय तहको निर्वाचनलाई महिलाहरुले सामाजिक तथा आर्थिक विकासको ठूलो अवसरको रुपमा लिनुपर्ने आवश्यक्ता पनि आैंल्याइन्।

नयाँ संविधानले स्थानीय तहको वडा तहमा मात्रै १३ हजार ३ सय ६० जना महिला प्रतिनिधित्व हुने किटानी व्यवस्था गरेको छ। त्यसैगरी, राज्यका सबै निकायका महिलाहरुको प्रतिनिधित्वको सवाललाई संविधानले मौलिक हकको रुपमै सम्बोधन पनि गरेको छ।


 

More form the Internet

loading...