Suvadin, Home

Cover Image

पुरानो संसद् भवन नयाँ बनाउन विकास समितिको निर्देशन

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सिंहदरस्थित पुरानो संसद् भवनलाई त्यही स्वरुपमा नयाँ बनाउन निर्देशन दिएको छ ।

काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सिंहदरस्थित पुरानो संसद् भवनलाई त्यही स्वरुपमा नयाँ बनाउन निर्देशन दिएको छ । 

समितिको आजको बैठकमा २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भवनको स्वरुप नबिग्रने गरी पुनःनिर्माण गर्न सभापति कल्याणीकुमारी खड्काले निर्देशन दिएका हुन् ।

 साविक मौलिकता रहने गरी भवन बनाउन उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शहरी विकास मन्त्रालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई निर्देशन गरिएको बैठकमा जानकारी दिए । सिंहदरबारभित्रै भूकम्पले क्षति पुगेको भवन प्लास्टिक ओढाएर राख्दा पुनःनिर्माणकोका काम हुन नसकेको सन्देश गएकाले पुरानैस्वरुपमा नयाँ भवन बनाउनुपर्ने माग सांसदहरूले गरेका थिए । 

सांसद रामबहादुर विष्ट, यज्ञराज सुनुवार, रङ्गमती शाही लगायतले भवन धरापमा नराखी के गर्ने हो छिटो निर्णय गर्न माग गरेका थिए । 

बैठकमा प्राधिकरणका सचिव शिवहरि शर्मा र शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले नीतिगत निर्णय राजनीतिक नेतृत्वबाट हुनुपर्ने माग गरेका थिए । 


 

More form the Internet

loading...