Suvadin, Home
Nepal Telecom 1.213M

संसद बैठकः दुई वटा समितिका प्रतिवेदन पेश

स्थानीय तह निर्वाचनसम्बन्धी संसदीय छानवीन विशेष समितिका सदस्य सुबोधकुमार पोखरेलले स्थानीय तह निर्वाचनसम्बन्धी संसदीय छानवीन विशेष समितिका प्रतिवेदन २०७४ र सुशासन तथा अनुगमन समतिका सभापति मोहनसिंह राठौरले सुशासन तथा अनुगमन समितिको वार्षिक प्रतिवेदन २०७४ पेश गरेका हुन्।
संसद बैठक।

काठमाडौं, असोज २६ – व्यवस्थापिका संसदकाे बिहीबारको बैठकमा दुई वटा समितिका प्रतिवेदन पेश भएका छन्। 

बैठकमा स्थानीय तह निर्वाचनसम्बन्धी संसदीय छानवीन विशेष समितिका सदस्य सुबोधकुमार पोखरेलले स्थानीय तह निर्वाचनसम्बन्धी संसदीय छानवीन विशेष समितिका प्रतिवेदन २०७४ र सुशासन तथा अनुगमन समतिका सभापति मोहनसिंह राठौरले सुशासन तथा अनुगमन समितिको वार्षिक प्रतिवेदन २०७४ पेश गरेका हुन्।

स्थानीय तह निर्वाचनसम्बन्धी संसदीय छानबिन विशेष समितिका सदस्य पोखरेलले प्रतिवेदन पेश गर्दै २०७४ वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय चरणको निर्वाचनमा धाँधली भएको, मतपत्र च्यातिएको विषयमा अध्ययन र आगामी दिनमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष ढंगले सम्पन्न गर्न सरकारलाई सुझाव दिन समिति गठन भएको बताएका छन्। 

उनले समितिले चितवन, दोलखा र कालीकोट जिल्लाको स्थलगत अध्ययन गरेको जानकारी दिए। उक्त समितिमा नेकपा एमालेका राजेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका रामनारायण बिडारी थिए। 

यसैगरी, सुशासन तथा अनुगमन समितिका सभापति राठौरले प्रतिवेदन पेश गर्दै सुशासन कायम गर्न विधिको शासन र लोकतान्त्रिक संरचना निर्माण गर्न आवश्यक भएकोमा जोड दिए। उनले नेपाल सरकारका विभिन्न निकायलाई सुशासन कायम गर्न समितिले अनुगमन गरी निर्देशनसमेत दिएको बताएका छन्। 

यसैबीच, बैठकले राजर्षिजनक विश्वविद्यालय विधेयक पारित गरेको छ। उपप्रधान एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठका तर्फबाट न्याय, कानून तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा पेश गरेका थिए।

त्यसअघि सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा नेपाली कांग्रेसका विमलेन्द्र निधि, नेकपा एमालेका गणेशमान गुरुङले राजर्षिजनक विश्वविद्यालय स्थापना गर्न २१ वर्ष लागेको चर्चा गर्दै विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक पारित गर्न आग्रह गरेका छन्।

नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले दक्ष जनशक्ति र सुशासन कायम गर्ने सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने थलो उत्पादन गर्न राजर्षिजनक विश्वविद्यालय सफल रहने विश्वास व्यक्त गरेका छन्। 


 

More form the Internet

loading...