Suvadin, Home

प्रधानमन्त्रीले विप्लवलाई भने, 'नेकपा नाम नराख, लाज भइसक्यो'

ओलीले विप्लवलाई नेकपा नाम नराख्न पनि आग्रह गरे। भने, 'विप्लवले लुटेर हिडेको छ। लुटेरा समूह नाम राखे हुन्छ। नेकपा नाम नराख। कमसेकम लुट्नकै लागि नेकपा भन्ने बर्को त फ्याँक। लाज भयो। हाम्रो पनि त्यही नाम छ।'

काठमाडौं, २४ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहको नेकपालाई लुटेराको समूह भएको आरोप लगाएका छन्।

शुक्रबार सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएपछि राष्ट्रिय सभा गृहमा ओलीले सम्बोधनका क्रममा उक्त आरोप लगाए।

ओलीले विप्लवलाई नेकपा नाम नराख्न पनि आग्रह गरे। भने, 'विप्लवले लुटेर हिडेको छ। लुटेरा समूह नाम राखे हुन्छ। नेकपा नाम नराख। कमसेकम लुट्नकै लागि नेकपा भन्ने बर्को त फ्याँक। लाज भयो। हाम्रो पनि त्यही नाम छ।'

विप्लव समूहको पर्चा पनि आफूले पढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले थपे, ‘कमसेकम कम्युनिस्ट पार्टीको नाम लिन बन्द गर। अरु पनि छन् भने लुटेरा समूह विप्लव राख, प्रकाण्ड लुटेर समूह भनेपनि हुन्छ।’

उनले विप्लव समूहलाई अहिले हिडिरहेको बाटो छाड्न समेत आग्रह गरे। 


 

More form the Internet

loading...