Suvadin, Home

संसद स्थगित
देउवाको प्रधानमन्त्री बन्ने रहर दुई दिन सर्याे

व्यवस्थापिका–संसद्म प्रधानमन्त्री चयन प्रक्रिया आज स्थगन भई यही जेठ २३ गतेका लागि तोकिएको छ। राजनीतिक दलहरुबीच सहमति खोजी मङ्गलबार अपराह्न १ बजे प्रधानमन्त्री चयन प्रक्रिया सञ्चालन हुने जनाइएको छ।
संसद । फाइल तस्बिर।

काठमाडौँ, जेठ २१ - व्यवस्थापिका–संसद्म प्रधानमन्त्री चयन प्रक्रिया आज स्थगन भई यही जेठ २३ गतेका लागि तोकिएको छ। राजनीतिक दलहरुबीच सहमति खोजी मङ्गलबार अपराह्न १ बजे प्रधानमन्त्री चयन प्रक्रिया सञ्चालन हुने जनाइएको छ।

संसद सचिवालयले नयाँ प्रधानमन्त्री चयनका लागि आइतबारको कार्यसूची तोके पनि प्रमुख प्रतिपक्षी दल एमालेले सदनको गतिरोध कायमै राखेका कारण नयाँ  प्रधानमन्त्री चयनको प्रक्रिया लम्बिएको हो। 

देउवा कांग्रेस–माओवादी केन्द्र गठबन्धनबाट नयाँ प्रधानमन्त्रीको दौडमा छन्। उनीविरुद्ध एमालेले उम्मेदवार खडा गरेको छैन।

तर, भरतपुरमा मतपत्र च्यातिएको घटनालाई लिएर एमाले लगातार रुपमा सदन अवरुद्ध पार्दै आएको छ। निर्वाचन आयोगले भरतपुर–१९ मा पुनः मतदान गर्ने निर्णय गरेसँगै एमालेले संसद अवरोध जारी राख्ने भएपछि चुनावी प्रक्रिया अनिश्चित भएको हो ।

याे पनि पढ्नुहाेसः-

प्रधानमन्त्रीकाे चुनावः यस्तो छ संसदको अंकगणित

प्रधानमन्त्रीमा देउवाको उम्मेदवारी दर्ता, प्रचण्ड प्रस्तावक

एमालेले भन्यो, ‘पुनः मतदानको निर्णय अमान्य’

भरतपुरमा पुनः मतदान गर्ने आयोगको निर्णय


 

More form the Internet

loading...