Suvadin, Home

निर्मलालाई यही सरकारले न्याय दिन्छ, ढुक्क भए हुन्छ : प्रधानमन्त्री ओली

‘अन्यायमा परेका वा आपराधिक घटनाका शिकार भएका निर्मला वा अन्य छोरीचेलीलाई सडकमा पोखिने अमर्यादित तथा अराजक भिडले न्याय दिने होइन, सरकारले दिन्छ।’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसको नेतृत्व मैले गरिरहेको छु। ढुक्क भए हुन्छ। हामी त्यो काम पूरा गर्नेछौँ।’ 
फाइल फाेटाे

काठमाडौं, २२ पुस – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र उनको परिवारलाई यही सरकारले छिट्टै न्याय दिने बताएका छन्।

प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडकको भिडले नभई आफूले नेतृत्व गरेको सरकारले निर्मला तथा अन्य छोरीचेलीलाई न्याय दिने दाबी गरे।  

‘अन्यायमा परेका वा आपराधिक घटनाका शिकार भएका निर्मला वा अन्य छोरीचेलीलाई सडकमा पोखिने अमर्यादित तथा अराजक भिडले न्याय दिने होइन, सरकारले दिन्छ।’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसको नेतृत्व मैले गरिरहेको छु। ढुक्क भए हुन्छ। हामी त्यो काम पूरा गर्नेछौँ।’ 

अपराध अनुसन्धानका मामिलामा प्रहरीले ९६ प्रतिशत मुद्धामा सफलता पाएको उल्लेख गर्दै उनले केही घटना मात्रै अपवादको रुपमा रहेको उल्लेख गरे।

अपवादका घटना पनि टुंगोमा पुर्याउने गरी काम भइरहेको भन्दै ओलीले त्यही अपवादलाई आम घटनाको रुपमा प्रचार गर्ने र उल्लेख्य सफलतालाई ओझेल पारेर कृत्रिम परिस्थिति सिर्जना गर्ने अनुचित प्रयास गरेको प्रति आफूलाई दुःख लागेको उनले बताए। 


 

More form the Internet

loading...