Suvadin, Home

Cover Image

तत्काल मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्रीलाई चिकत्सकको सुझाव, ओली भन्छन् - उपनिर्वाचनपछि

काठमाडौं । चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल मिर्गौला पुनः प्रत्यारोपण गर्नुपर्ने सुझाव दिएका छन् । मिर्गौलामा समस्या देखिएपछि कात्तिक १३ र १४ गते ग्रान्डी अस्पतालमा भर्ना भएर प्रधानमन्त्री ओलीको डायलाइसिस गरिएको थियो ।

ग्राण्डी अस्पतालमा उपचारका क्रममा फोक्सोमा समेत पानी जमेको देखिएपछि प्रधानमन्त्री ओली कात्तिक १७ गते आइतबार टिचिङ अस्पताल पुगेका थिए । त्यहाँ प्रधानमन्त्रीको छातिको एक्स-रे गरिएको थियो । छातिको एक्सरेमा फोक्सोको पानी नदेखिएको चिकित्सकहरुले बताएका थिए ।

ग्राण्डी अस्पतालबाट फर्किएपछि प्रधानमन्त्री ओली निरन्तर रुपमा चिकित्सकको निगरानीमा छन् । प्रधानमन्त्री ओली स्वयंले आफू अध्यक्ष रहेको पार्टी (नेकपा) को सचिवालय बैठकमा स्वास्थ्यबारे नेताहरुलाई जानकारी गराउँदै आफूसँग नियमित डायलाइसिस वा पुन प्रत्यारोपणमध्ये एक विकल्प भएको बताएका थिए ।

‘नियमित डायलाइसिस वा पुनः प्रत्यारोपण मध्ये एक विकल्प छ, डाक्टरहरु छलफलमा हुनुहुन्छ’ ओलीले बैठकमा भनेका थिए । 

चिकित्सकहरुले प्रधामन्त्रीको मिर्गौला प्रत्यारोपणको विकल्प नभएको र सकेसम्म चाँडो गर्न सुझाव दिएको उपचारमा संलग्न एक जना चिकित्सकले बताए । चिकित्सकहरुले तत्काल मिर्गौला प्रत्यारोपण गर्नुपर्ने निश्कर्ष निकाले पनि प्रधानमन्त्री ओलीले भने प्रत्यारोपणलाई केही पर सार्ने बारे चिकित्सकहरुसँग परामर्श गरिरहेका उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।

उनी मंसिर १४ को उपनिर्वाचनपछि मात्रै मिर्गौला प्रत्यारोपण गर्ने पक्षमा छन् । त्यस्तै ओलीले मिर्गौला प्रत्यारोपण अघि मन्त्रिमण्डल पुनर्गठन गर्ने योजना बनाएको श्रोतको दाबी छ ।

१२ वर्षअघि भारतको एपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । बुहारी अन्जना घिमिरे ओलीले त्यसबेला केपी ओलीलाई मिर्गौला दान गरेकी थिइन् ।

प्रधानमन्त्रीको मिर्गौला पुनः प्रत्यारोपणका लागि दुईवटा देशमा लैजान सकिने सम्भावनाबारे छलफल भइरहेको श्रोतले बतायो । ‘प्रधानमन्त्रीको मिर्गौला पुनः प्रत्यारोपणका लागि अमेरिका र सिंगापुरको सम्भावना रहेको छ’ श्रोतले भन्यो,‘पहिला पनि सिंगापुरमा उपचार गरेका कारण अलिबढी सम्भावना सिंगापुरमा रहेको छ ।’
 


 

More form the Internet

loading...