Suvadin, Home

'सिके राउत ‘टेक्नोक्र्याट’मात्रै होइन ‘टिचर’ पनि हुन्'

शुक्रबार आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री अ‍ोलीले सिके राउत पृथकतावादी आन्दोलन छाडेर मुलधारको राजनीतिमा आएकामा प्रशंशासमेत गरेका छन्। उनले राउतको पृथक धारको राजनीति गर्दै आएपनि राष्ट्रिय एकता र सम्बद्धिको पक्षमा गरेको निर्णय महत्वपूर्ण भएको बताए। ‘यो साधारण निर्णय होइन, म बधाइ भन्न चाहान्छु,’ प्रधानमन्त्रीले भने।

काठमाडाैं, २४ फागुन -  प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउतमा असाधारण निर्णय क्षमता भएको बताएका छन्।

शुक्रबार आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री अ‍ोलीले सिके राउत पृथकतावादी आन्दोलन छाडेर मुलधारको राजनीतिमा आएकामा प्रशंशासमेत गरेका छन्।

उनले राउतको पृथक धारको राजनीति गर्दै आएपनि राष्ट्रिय एकता र सम्बद्धिको पक्षमा गरेको निर्णय महत्वपूर्ण भएको बताए। ‘यो साधारण निर्णय होइन, म बधाइ भन्न चाहान्छु,’ प्रधानमन्त्रीले भने।

‘उहाँ एउटा इञ्जिनियर, कता–कता बाटो बिराएकोमा आफुलाई पनि डर लागेको थियो। तर, आज सही निर्णय गर्नुभयो। उहाँ ‘टेक्नोक्र्याटमात्रै होइन टिचर’ पनि हो,’ सम्बोधनका क्रममा ओलीले भने।

प्रधानमन्त्री ओलीले माओवादीले हिंसा छोडेर शान्तिपुर्ण  राजनीतिमा आएको उदाहरण दिँदै अब सम्पूर्ण रुपले हिंसा समाप्त भएको दावी गरे।


 

More form the Internet

loading...