Suvadin, Home

मधेसबिनाको काठमाडौं कल्पना हुनै सक्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसबिनाको काठमाडौंको कल्पना हुनै नसक्ने बताएका छन्। आइतबार राति अबेर दुबईमा प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहाड र मधेसका नाममा क्षेत्रीय ध्रुवीकरण बढ्न नहुनेमा जोड दिएको सरकारी संचार संस्था राससले जनाएको छ।
प्रधानमन्त्री दाहाल।

काठमाडौं, माघ ३


प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसबिनाको काठमाडौंको कल्पना हुनै नसक्ने बताएका छन्। आइतबार राति अबेर दुबईमा प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहाड र मधेसका नाममा क्षेत्रीय ध्रुवीकरण बढ्न नहुनेमा जोड दिएको सरकारी संचार संस्था राससले जनाएको छ।

‘हिमाल, पहाड र तराईबीचको एकता जोगाउनु हाम्रो पहिलो दायित्व हो,’ उनले भने, ‘कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर राष्ट्रियता बलियो बनाउन सकिँदैन।’

मधेसका लागि काठमाडौँ र काठमाडौँका लागि मधेस दुबै अभिन्न रुपमा जोडिएर रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । ‘मधेसबिनाको काठमाडौँको कल्पना पनि गर्न सकिँदैन। सरकारले संसदमा पेस गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रिय एकता र अखण्डताकै लागि हो,’ उनले भने।

सरकारको चासो आर्थिक समृद्धि र विप्रेषण महत्वपूर्ण आयोजनामा लगानी गर्नुमा रहेको प्रधानमन्त्रीले स्पष्ट पारे। ‘मेरो नेतृत्वमा सरकार बनेदेखि निरन्तर देश दौडाहामा छु। कसरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ, कसरी राष्ट्रिय आयोजनाहरू छिटो सम्पन्न गर्न सकिन्छ  तपार्इंहरूको पसिनाबाट आर्जेको विप्रेषण कसरी सदुपयोग र लगानी गर्न सकिन्छ। यसका लागि मैले निरन्तर प्रयास गरिराखेको छु,’ उनले भने।

नेपालमा प्राकृतिक टावर (सगरमाथा) रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले मानव निर्मित टावर र प्राकृतिक टावरलाई जोडेर नेपालको विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको पनि बताए।
प्रधानमन्त्रीले नेपाली व्यवसायीसँग अन्तरक्रिया गरेका थिए। ‘तपार्इंहरूले नेपालबाट आएर यहाँ व्यवसाय गर्नुभएको छ। हामी नेपालमा पनि लगानीको वातावरण बनाउन प्रयत्नशील छाैं। त्यसका लागि आगामी मार्च २ र ३ मा काठमाडौंमा लगानी सम्मेलन गर्दैछौं। तपार्इंहरूले पनि नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश लैजान अनुरोध गर्छु,’ प्रधानमन्त्री दाहालले भने।

 


 

More form the Internet

loading...