Suvadin, Home

प्रहरीले दर्ता गरेन सांसद अपहरणको जाहेरी

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ मा रहेको कानूनी ब्यवस्था बिपरित आफ्ना पूर्व महानिरीक्षक र सत्तारुढ दलका सांसद बिरुद्ध आएको अपहरण सम्बन्धि कसुरको जाहेरी फिर्ता गरेका छन् ।

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ मा रहेको कानूनी ब्यवस्था बिपरित आफ्ना पूर्व महानिरीक्षक र सत्तारुढ दलका सांसद बिरुद्ध आएको अपहरण सम्बन्धि कसुरको जाहेरी फिर्ता गरेका छन् ।

नवगठित जनता समाजवादी पार्टीका नेताहरू बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरत सिंह भण्डारी र अधिवक्ता सुरेन्द्र महतो लगायतका नेतासहित परिसर पुगेका सांसद सुरेन्द्र यादवले आफूलाई महत्तोरीबाट अपहरण गरी काठमाडौं ल्याएको आरोप लगाउँदै जाहेरी दिएका थिए।

परिसरका एसपी सोमन्द्र सिंह राठौर र डिएसपी कृष्ण चन्दले कार्यविधीको परिच्छेद २ को दफा ९ अनुसार जाहेरी लिएर सम्बन्धित प्रहरी इकाईमा पठाउन सकिने भएपनि परिसरले जाहेरी लिन नमिल्ने भन्दै नेताहरूलाई फर्काएको हो ।

गत बुधबार समाजवादी पार्टी टुक्राउनका लागि सांसद सुरेन्द्र यादवलाई प्रधानमन्त्रीको निर्देशनमा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, एमाले नेता महेश बस्नेत, किसान श्रेष्ठ लगायतले महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको उनीहरूको आरोप छ।

यादवलाई महत्तोरीबाट काठमाडौं ल्याएर होटेल मेरियटमा राखिएको र अर्को दिन विहान उनी त्यहाँबाट फुत्किन सफल भएको यादवले बताएका छन् ।


 

More form the Internet

loading...