Suvadin, Home

कांग्रेसभित्र हिन्दु राज्यको पक्षमा बहस सुरु भएकोप्रति प्रचण्डको आपत्ति

शनिबार काठमाडौंमा ‘देश किन बनेन’ नामक पुस्तकको विमोचन गर्दै उनले जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त धर्म निरपेक्षताबाट पछि हटेको हो भने कांग्रेस समाप्त भएर जाने चेतावनी पनि दिए।
फाइल फाेटाे

काठमाडौं, ७ पुस – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेसभित्र हिन्दु राज्यको पक्षमा बहस सुरु भएकोमा आपत्ति जनाएका छन्। 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस महासमितिको जारी बैठकमा हिन्दु राज्यको पक्षमा पनि बहस सुरु भइरहेका बेला अध्यक्ष दाहालले त्यसप्रति आपत्ति जनाएका हुन्।

शनिबार काठमाडौंमा ‘देश किन बनेन’ नामक पुस्तकको विमोचन गर्दै उनले जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त धर्म निरपेक्षताबाट पछि हटेको हो भने कांग्रेस समाप्त भएर जाने चेतावनी पनि दिए।

अध्यक्ष दाहालले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीता अहिलेको संविधानको मुख्य खम्बा रहेको उल्लेख गर्दै त्यसको एउटा खम्बा भत्काएर सिङ्गै घर भत्काउने दुस्साहस नगर्न पनि कांग्रेस नेतृत्वलाई सचेत गराए।

वर्तमान संविधानको ‘पिता’ ठान्ने कांग्रेसले पार्टीका तत्कालीन सभापति शुशिल कोइरालालाई ‘स्वर्ग’बाट ‘नर्क’मा झार्न हिन्दु राज्यको पक्षमा बहस सुरु गरेको अध्यक्ष दाहालको दावी छ।

अध्यक्ष दाहालले विपी कोइरालाले स्थापना गरेको कांग्रेसले हिन्दु राज्यको पक्षमा वकालत गर्न सुहाउँछ भनी प्रश्न पनि गरे। उनले विविधताले युक्त मुलुकमा राज्यले वा कुनै पनि पार्टीले एउटा धर्मको पक्षमा मात्रै वकालत गर्नु खतरनाक हुने तर्क गरेका छन्।


 

More form the Internet

loading...