Suvadin, Home

भरतपुर घटनामा आयोगलाई दबाब दिएका छैनौं : प्रचण्ड

‘मलाई देउवाजीले कुनै दवाव दिनु भएको थिएन,’ प्रचण्डले भने, ‘भद्र सहमतिका आधारमा राजीनामा दिएकोे हुँ।’
प्रधानमन्त्री प्रचण्ड।

काठमाडाैं, जेठ २३–प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  भरतपुर भरतपुर घटनामा निर्वाचन आयोगलाई कुनै दबाब नदिएको बताएका छन्।

मंगलबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घटना गलत हो। मतपत्र च्यातियो भन्ने सुनेपछि नै गलत भयो भनेको छु र निर्वाचन आयोगलाई प्रमको हैसियतले बोलाएर जे ठीक लाग्छ त्यहि गर्नुस् भनेर भनेको छु।’ मतपत्र च्यात्नेलाई सही भन्न नसकिने उल्लेख गर्दै प्रचण्डले सोही घटनालाई जोडेर माओवादीको लोकतन्त्रप्रतिको निष्ठामा प्रश्न उठाइनु गलत हुने बताए।  

प्रधानमन्त्री प्रचण्डले सहमति र नैतिकताको आधारमा पदबाट राजीनामा दिएको बताए। ‘मलाई देउवाजीले कुनै दवाव दिनु भएको थिएन,’ प्रचण्डले भने, ‘भद्र सहमतिका आधारमा राजीनामा दिएकोे हुँ।’
कांग्रेस र नेकपा(माओवादी केन्द्र)का बीचमा सरकार गठनका समयमा नै भएको सहमतिअनुसार नै आफूले स्थानीय तहको दोस्रो चरणको निर्वाचन अगाडि राजीनामा दिएको जानकारी उनले बताए।


संविधान घोषणा भएपछि गठन भएपछि एमाले र आफ्नो पार्टीबीच भएको समझदारी तोडिएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले विगतदेखि नै सरकारका सन्दर्भमा भएका सहमति तोडिएको अवस्थामा अब राजनीतिमा इमान र नैतिकता छ भन्ने स्थापित भएको उल्लेख गरे। 

नेपाली सेनाले नै पहल लिएर काठमाडौँ तराई मधेस द्रुतमार्ग अगाडि बढेको र आफूले प्रधानमन्त्रीको हैसियतले शिलान्यास गरेको जानकारी दिँदै प्रधानमन्त्रीले आफूलाई त्यसमा जस नचाहिएको धारणा राखे। 


 

More form the Internet

loading...