Suvadin, Home

 कसैले कल्पना गर्दैमा समाजवाद आउँदैन : प्रचण्ड 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैले कल्पना गर्दैमा समाजवाद नआउने बताएका छन् । २६ औं मदन-आश्रित स्मृति सभा तथा नेकपा एकताको एक वर्षको अवसरमा मदननगर, बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तत्काल समाजवादको जति कुरा गरे पनि कल्पना गरे अनुसार नहुने बताएका छन् ।

उनले अहिले नेकपाको रणनीतिमा मात्र समाजवाद भएको बताउँदै नेपाली जनताका लागि संविधानमा उल्लेख गरेको बताए । उनले भने, " हामीले समाजवादलाई संविधानमा उल्लेख गरेका छौं । तर, तत्काल समाजवाद आउने स्थिति छैन । त्यसका लागि वैज्ञानिक ढंगले अघि बढ्‍नुपर्छ ।"
 
उनले अन्धो भएर पार्टी एकता नगरेको तत्कालीन कार्यनीति जनताको जनवाद र दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद भएको बताउँदै समाजवादको नयाँ मोडल स्थापित गर्ने दृढता व्यक्त गरे।

पार्टीभित्र वैचारिक संघर्ष चुलिएकै दिन उनले कम्युनिस्ट आन्दोलनमा केहीले अझै पुष्पलाल श्रेष्ठकै विचार बोकेर हिँडेको तर्क गरे। अध्यक्ष प्रचण्डले ठिक त्यस्तै नेकपाका केही नेताले पनि मदनलेझै कार्ल मार्क्सको विचारलाई नयाँ परिस्थितिमा नयाशा विचारको रुपमा अघि बढाउनुको सट्टा पुरानै कुरा दोहोर्‍याइरहेको तर्क गरे ।
 
उनले मार्क्सवाद डग्मा, प्राग्मा, कुरान, बाइबल होइन विज्ञानको रुपमा बुझ्नुपर्ने बताएका छन् ।


 

More form the Internet

loading...