Suvadin, Home
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले मुलुक अराजक गतिबिधि बढ्दै गएको बताएका छन् ।

सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले मुलुक अराजक गतिबिधि बढ्दै गएको बताएका छन् ।

थारु समुदायको जितिया पर्वमा सहभागी हुन सुनसरी पुगेका अध्यक्ष प्रचण्डले त्यहाँ आयोजित पत्रकार सम्मेलनमा परिवर्तन खतरामा नपरे पनि अराजक गतिबिधिमा भने बृद्धि भएको बताएका हुन् । 

'अहिले यो परिवर्तन र प्रणालीलाई खतरा आयो भन्ने सत्य होइन । तर अराजक गतिविधि ठाउँ ठाउँमा बढेको देखियो,’उनले भने, 'यसलाई नियन्त्रण गर्नका लागि सक्रिय बन्न उनले सरकारलाई सुझाव दिए । 

यस्तै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एक जुट हुनु पर्नेमा जोड दिए । उनले भ्रष्टाचारका विरुद्ध सरकार र पार्टी अगाडि बढिरहको दाबी समेत गरे ।


 

More form the Internet

loading...