Suvadin, Home

Cover Image

सुनसरी पुगेर प्रचण्डले दिए रेशम छुट्ने ग्रिन सिग्‍नल

नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुनसरी पुगेर कारागारमा रहेका सांसाद रेशम चौधरी छुट्ने संकेत गरेका छन् ।

काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुनसरी पुगेर कारागारमा रहेका सांसाद रेशम चौधरी छुट्ने संकेत गरेका छन् । टीकापुर घटनालाई लिएर हालिएको झुटा मुद्दा खारेज गर्ने सैद्धान्तिक सहमति भइसकेकाले उक्त घटनामा दोषी ठहर भई जेल सजाए भोगी रहेका सांसद चौधरी छुट्ने बातावरण बन्‍ने तर्फ उनको संकेत थियो । 

सुनसरीमा आइतबार आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दै उनले भने, 'टीकापुर घटनाको सन्दर्भमा आयो, जे भएको छ, अस्ती भर्खर हामीले बालुवाटारमा छलफल गरेर सबै झुटा मुद्धा खारेज गर्नुपर्छ भन्ने सैद्धान्तिक सहमति  गरिएको छ । यसबारे प्रक्रिया पनि अगाडि बढिरहेको छ ।’

चौधरीको नाम उल्लेख नगरे पनि उनले जनताको मतबाट जितेका माननीयहरूलाई ससम्मान बाहिर ल्याउने बन्ने बताएका थिए । 

कैलाली १ बाट प्रतिनिधिसभा चुनाव जितेका चौधरीलाई टीकापुर घटनामा जन्दकैदको सजाय सुनाइएको छ । उनी जेलमै रहेका बेला सपथसमेत लिएका थिए ।


 

More form the Internet

loading...