Suvadin, Home

पार्टी प्रशिक्षणका लागि देशव्यापी अभियान गरिने : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रशिक्षणका लागि देशव्यापी अभियान सुरु गरिने बताएका छन् ।  

नवलपरासी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रशिक्षणका लागि देशव्यापी अभियान सुरु गरिने बताएका छन् ।  

नेकपा पश्चिम नवलपरासीद्वारा आज परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले कार्यकर्तालाई प्रशिक्षण दिन देशव्यापी अभियान थालिने र त्यसमा आफ्नो पनि सहभागीता रहने बताए । 

फरकर प्रसंगमा बोल्दै प्रचण्डले वर्तमान सरकार समृद्धिको अभियानमा अग्रसर भएको दावी गरे ।

‘वर्तमान सरकारले समृद्धिको आधार तयार पारिसकेको छ, मुलुकमा पूर्वाधार विकास धमाधम भइरहेको छ, यसलाई अझै तीव्रता दिन आवश्यक छ, नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्नेछ,’ उनले भने ।

अहिलेको विकासबाट सन्तुष्ट नभएको बताउँदै प्रचण्डले अबको १० वर्षभित्रमा नेपाललाई मध्यम आय भएको देशको रुपमा स्थापित बताए ।


 

More form the Internet

loading...