Suvadin, Home

Cover Image

केन्द्रीय राजनीतिमा निकै दबाब र जटिलता देखियो : प्रचण्ड

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय राजनीतिमा जटिलता देखिएको बताएका छन् । प्रथम माडी खिचरा महोत्सवको उद्घाटन गर्न चितवन पुगेका प्रचण्डले उक्त कुरा बताएका हुन् ।

चितवन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय राजनीतिमा जटिलता देखिएको बताएका छन् । प्रथम माडी खिचरा महोत्सवको उद्घाटन गर्न चितवन पुगेका प्रचण्डले उक्त कुरा बताएका हुन् ।

के विषयमा जटिलता देखिएको भन्‍नेबारे स्पष्ट नखुलाए पनि प्रचण्डले सभामुख चयनका विषयमा भइरहेको खिचातानीतर्फ इंगित गर्दै उक्त कुरा बताएका हुन् । सभामुख चयन, अमेरिकी परियोजना एमसिसी लगायतयले नेकपा मतभेद् बढ्दो छ ।

प्रचण्डले अहिलेको अवस्थामा आफूलाई निक्कै दबाब रहेको बताएका छन् । उनले भने, ‘म समय भएर माडी आएको होइन । निक्कै नै दबाब थियो, तपाईंहरूले देखिरहनु भएको छ । केन्द्रीय राजनीतिमा अलिअलि जटिलता देखिन्छन् कहिलेकाहीँ ।’ 

उनले आफू जटिलता समाधानका लागि जुटिरहेको बताएका थिए । विकास निर्माणको काममा पनि सरकार लागिरहेको बताउँदै उनले नेकपा नेतृत्वको सरकारले जनताको चाहाना र अपेक्षा अनुसार काम गरेको जिकिर गरे। 


 

More form the Internet

loading...