Suvadin, Home

आज प्रधानमन्त्री दाहालकाे राजीनामा

संसदको सबैभन्दा ठूलो दल कांग्रेसको समर्थनमा दाहाल १० महिनाअघि प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।पहिलो चरणको स्थानीय निकाय निर्वाचन सम्पन्न गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई गठबनधनको प्रधानमन्त्री बनाउने गरी राजीनामा दिने माओवादी केन्द्र र कांग्रेसबीच सहमती भएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल।

काठमाडाैं, जेठ ९–प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार (आज) पदबाट राजीनामा दिने भएका छन्।

प्रधानमन्त्री दाहालले अपरान्ह १ बजेका लागि बोलाइएको संसदमा विशेष संवोधन गरेर राजीनामा दिने उनको निजी सचिवालय स्रोतले जनाएको छ।

प्रधानमन्त्रीको सम्बोधन तय भएपछि ११ बजेका लागि बोलाइएको संसद बैठक १ बजेसम्मका लागि सारिएको हो। संसद बैठक अघि मन्त्रिपरिषद बैठक डाकिएको छ। 

प्रधानमन्त्रीले संसदलाई सम्बोधन गरेर राष्ट्रपतिलाई भेटेर राजीनामा बुझाउने प्रक्रिया रहेको छ। तर, अहिलेसम्म राष्ट्रपति र प्रधानमन्त्रीको भेटको समय तय भइसकेको छैन।

संसदको सबैभन्दा ठूलो दल कांग्रेसको समर्थनमा दाहाल १० महिनाअघि प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।पहिलो चरणको स्थानीय निकाय निर्वाचन सम्पन्न गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई गठबनधनको प्रधानमन्त्री बनाउने गरी राजीनामा दिने माओवादी केन्द्र र कांग्रेसबीच सहमती भएको थियो।

प्रधानमन्त्रीले राजीनामा दिएपनि नयाँ सरकार गठन हुन भने अझै केही दिन लाग्नेछ। प्रमको राजीनामा लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिका आधारमा सरकार गठनको प्रयास गर्न एकसाताको समय दिनेछिन्। सहमतिमा सरकार गठन हुन नसकेपछि मात्र बहुतीय सरकार गठनको प्रयास हुनेछ।


 

More form the Internet

loading...