Suvadin, Home
Nepal life 2.601M

माधवकुमार नेपाल र प्रचण्डबीच भेटवार्ता, पार्टी एकताको विषयमा छलफल

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दुई नेताबीच भएको छलफलका क्रममा छिटोभन्दा छिटो एकता संयोजन समिति बैठक राखेर रोकिएको एकता प्रक्रियालाई अगाडि बढाउनका लागि छलफल भएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।

काठमाडौं, १ जेठ – नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पार्टी एकता चाँडो गर्ने विषयमा आज छलफल भएको छ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दुई नेताबीच भएको छलफलका क्रममा छिटोभन्दा छिटो एकता संयोजन समिति बैठक राखेर रोकिएको एकता प्रक्रियालाई अगाडि बढाउनका लागि छलफल भएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।

साम्यवादका प्रणेता कार्ल माक्र्सको जन्मजयन्तीको द्विशताब्दीका सन्दर्भमा प्रमुख वाम दलको सहभागितामा यही जेठ १६ र १७ गते काठमाडौँमा हुने सभालाई व्यवस्थित बनाउन अहिलेसम्म भइरहेका कार्यको पनि समीक्षा गरिएको बताइएको छ।


 

More form the Internet

loading...