Suvadin, Home

माअाेवादी अध्यक्ष प्रचण्डकाे उद्घाेष
'चितवनले मलाई प्रचण्ड बनायो, अब विकासकाे जिम्मेवारी मेरो'

जनताले आफूलाई पहिल्यैदेखि चितवनको प्रतिनिधि बनाउन चाहेको उल्लेख गर्दै प्रचण्डले आफू चितवनबाट उम्मेदवार बनेको पनि प्रस्ट्याएका हुन्। विकासको प्रचुर सम्भावना रहेको जिल्ला भएकाले देशभरिका लागि एउटा नयाँ मोडेल प्रस्तुत गर्ने उनले बताएका छन्।
प्रचण्ड।

चितवन, मंसिर १८ – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जीत सुनिश्चित रहेको बताएका छन्। उनले जीत सुनिश्चित देखेकै कारण आफू चितवनबाट उम्मेदवार बनेको बताएका छन्। 

जनताले आफूलाई पहिल्यैदेखि चितवनको प्रतिनिधि बनाउन चाहेको उल्लेख गर्दै उनले आफू चितवनबाट उम्मेदवार बनेको पनि प्रस्ट्याएका हुन्।

विकासको प्रचुर सम्भावना रहेको जिल्ला भएकाले देशभरिका लागि एउटा नयाँ मोडेल प्रस्तुत गर्न आफू चितवनाट उम्मेदवार बनेको अध्यक्ष प्रचण्डको भनाइ थियो।

चितवन क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका दाहालले आफ्नो  प्रतिस्पर्धी कोही नरहेको बताएका छन्।

आफूले देश र जनताका लागि गरेको योगदानको जनताले मूल्यांकन गर्ने भन्दै उनले अब चितवनबाट विकास र समृद्धिको यात्रा शुरु हुने प्रष्ट पारेका छन्।

चितवनका जनतालेनै आफूलाई प्रचण्ड बनाएको र अब आफ्नो जिम्मेवारी त्यसको ऋण तिर्ने  रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो।


 

More form the Internet

loading...