Suvadin, Home

अबको पाँचवर्षमा राष्ट्रले आर्थिक क्रान्ति र विकासको मोडल पाउनेछः प्रचण्ड

उद्योग संघ चितवनले आइतबार जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारले भनेर पनि गर्न नपाइने स्थिति अब नरहने बताएका छन्। 
पुश्पकमल दाहाल 'प्रचण्ड'.

चितवन, १० पुस  –  पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलेको जस्तो कमजोर सरकार अब नबन्ने बताएका छन्। 

उद्योग संघ चितवनले आइतबार जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारले भनेर पनि गर्न नपाइने स्थिति अब नरहने बताएका छन्। 

उनले भने, – 'अब बन्ने सरकारले भनेपछि त्यो लागू हुन्छ।' स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार संयुक्त रुपमा सँगै रहेको भन्दै प्रचण्डले आयात निर्यात सम्बन्धी राष्ट्रका हितविपरित कानुनलाई संशोधन गर्नुपर्ने बताए।

प्रचण्डले भने, –' हामी सबैले संकल्प गर्न सक्यौँ भने आउने पाँचवर्ष भित्रमै केही न केही आर्थिक क्रान्ति र विकासको मोडल राष्ट्र र दुनियाँको अगाडि राख्न सकिन्छ भन्ने विश्वास छ।” 

अहिले नै आफूले बढी भन्न नचाहेको भन्दै उनले निजी क्षेत्रका व्यवसायीको मागलाई अब बन्ने सरकारले गम्भीरतापूर्वक लिने बताएका छन्। 

शान्ति, सुशासन र समृद्धिकाबीचमा गहिरो अन्तरसम्बन्ध रहेको भन्दै उनले यी तीन वटालाई एक ठाउँमा जोडेर हामीले काम गर्न सक्यौँ भने विकासले तीव्रगति उनकाे विश्वास समेत रहेकाे छ।


 

More form the Internet

loading...