Suvadin, Home

प्रचण्डकाे प्रष्टीकरण – 'पार्टी एकतामा अवराेध पुग्ने गरी जिल्ला बसेकाे हाेइन'

प्रचण्डले भने,  'म एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर नै जिल्लामा आएको हुँ, तर केही मिडियाले जिल्लामा नै अलमल गरेको भन्दै समाचार दिएका छन्। यसमा द्विविधा नहुनुहोस्, अब पार्टी एकता हुन्छ।'
बधाई तथा शुभकामना कार्यक्रममा प्रचण्ड लगायत सांसदहरु। तस्वीरः नारायण अधिकारी/रासस

चितवन, ११ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई अवरोध पुग्ने गरी आफू जिल्लामा नबसेको बताएका छन्। 

कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरले आयोजना गरेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित सांसदकाे सम्मानमा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित सांसद प्रचण्डले पार्टी एकतालाई अवरोध पुग्ने गरी जिल्लामा आफू अल्मलिएर नबसेको बताएका छन्। 

प्रचण्डले भने,  'म एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर नै जिल्लामा आएको हुँ, तर केही मिडियाले जिल्लामा नै अलमल गरेको भन्दै समाचार दिएका छन्। यसमा द्विविधा नहुनुहोस्। अब पार्टी एकता हुन्छ।' 

दुई तीन दिनसम्ममा निर्वाचन आयोगले सबै काम टुङ्ग्याउने भएकाले आफू जिल्ला आएको प्रचण्डले स्पष्ट पारेका छन्।

अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय बीचको भौतिक सम्पत्तिका विषयमा भएको विवाद आफूले सल्टाउने प्रयास गर्दै आएको बताएका छन्।

पूर्वप्रधानमन्त्री प्रचण्डका अनुसार एउटा सेन्टर अफ एक्सिलेन्सका रुपमा यो विश्वविद्यालयलाई विकास गर्नुपर्ने छ। सो अवसरमा चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कृष्णभक्त पोखरेलले सो विश्वविद्यालयलाई नमूना विश्वविद्यालय बनाउनुपर्ने बताएका छन्।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयको अवस्थाका बारेमा जानकारी दिएका थिए।


 

More form the Internet

loading...