Suvadin, Home

उद्याेगी-व्यवसायीलार्इ प्रधानमन्त्रीकाे अाग्रह
'निर्वाचन निष्पक्ष बनाउन सहयाेग गर्नुहाेस्'

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय स्थानीय तहको निर्वाचनलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्ने कार्यमा सहयोग गर्न निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गरेका छन्। दाहालले सबै राजनीतिक दल र सामुदायिक संस्थाहरुलाई राष्ट्रिय एकताको सुत्रमा बाँधेर निर्वाचन सम्पन्न गर्न सरकार लागि परेको पनि स्पष्ट पारेका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघको ५१औं वार्षिक साधारणसभाका अतिथिहरू। तस्बिरः राेशन सापकाेटा/रासस

काठमाडौं, चैत २८ – प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय स्थानीय तहको निर्वाचनलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्ने कार्यमा सहयोग गर्न निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री दाहालले सबै राजनीतिक दल र सामुदायिक संस्थाहरुलाई राष्ट्रिय एकताको सुत्रमा बाँधेर निर्वाचन सम्पन्न गर्न सरकार लागि परेको पनि स्पष्ट पारेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघको ५१औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले चुनौतीपूर्ण राजनीतिक परिस्थितिलाई सामना गर्न सबै क्षेत्रको सकारात्मक सद्भाव र सहयोगको आवश्यक्तामा जोड दिएका छन्।

उनले २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचन पछि मुलुक समृद्ध हुने विश्वास पनि व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचनलाई सफल बनाई मुलुकको समृद्धिको अभियानमा सहभागी हुन पनि व्यवसायीहरुलाई आह्वान गरेका छन्।

प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि स्थानीय तहको समृद्धिको अभियान सुरु हुने पनि उल्लेख गरेका छन्।


 

More form the Internet

loading...