Suvadin, Home

प्रधानमन्त्री दाहाल चीनतर्फ प्रस्थान
यस्ता छन् भ्रमणका कार्यक्रमहरू

प्रधानमन्त्री दाहाल मञ्चका महासचिव झु वेनहोङको निमन्त्रणामा उक्त मञ्चको सम्मेलनमा भाग लिन गएका हुन्। बोआओमा रहँदा प्रधानमन्त्रीले यही चैत ११ गते चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गर्ने र १२ गते मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ। सोही दिन अपराह्न उनी बेइजिङतर्फ प्रस्थान गर्ने छन्। 
प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार राति एसियाको बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन चीनको हैनान प्रान्तको बोआओ सहर प्रस्थान गर्दै। तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडाैं, चैत ११ – प्रधानमन्त्री पुष्पकमल दाहाल एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन चीनको हैनान प्रान्तको बोआओ सहरतर्फ प्रस्थान गरेका छन्। 

प्रधानमन्त्रीको बिदाइका लागि उपप्रधानमन्त्री विमलेन्द्र निधि र कमल थापा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालका लागि चिनियाँ राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिलगायत त्रिभुवन विमानस्थलमा उपस्थित थिए।

उक्त अवसरमा प्रधानमन्त्रीका सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अपर्ण गरेको थियो। प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव शंकरदास वैरागी तथा मन्त्रालयका अन्य उच्च पदाधिकारी रहेका छन्।

प्रधानमन्त्री दाहाल मञ्चका महासचिव झु वेनहोङको निमन्त्रणामा उक्त मञ्चको सम्मेलनमा भाग लिन गएका हुन्। बोआओमा रहँदा प्रधानमन्त्रीले यही चैत ११ गते चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गर्ने र १२ गते मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ। सोही दिन अपराह्न उनी बेइजिङतर्फ प्रस्थान गर्ने छन्। 

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्नाका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवम् विस्तार गर्ने विषयमा विचार विमर्श गर्ने छन्।

प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्धः समृद्धिका अवसर’ विषयको छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा चैत १३ गते सम्बोधन गर्ने कार्यक्रम छ।

सोही दिन उनले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नाका साथै विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्नेछन्। भ्रमणका क्रममा प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पनि पुग्नेछ।

त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने बताइएको छ। प्रधानमन्त्री दाहाल यही चैत १६ गते स्वदेश फर्किने छन्।


 

More form the Internet

loading...