Suvadin, Home

एमाले अध्यक्ष अाेली र माअाेवादी प्रचण्डबीच भेट, यस्ताे छ निर्णय!

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएकाे छ। अाेली निवास बालकोट भएकाे भेटवार्तामा सरकार गठन र पार्टी एकताका विषयमा कुराकानी भएकाे छ।
केपी शर्मा अाेली र प्रचण्ड।

काठमाडाैं, २३ पुस – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएकाे छ। अाेली निवास बालकोट भएकाे भेटवार्तामा सरकार गठन र पार्टी एकताका विषयमा कुराकानी भएकाे छ।

अाेलीका प्रेस संयाेजक चेतन अधिकारीका अनुसार डेढ घण्टा  लामाे छलफलपछि अाेली र प्रचण्ड सरकार गठन र पार्टी एकताकाे विषयलार्इ निर्णायक बनाउन सहमत भएका छन्। 

अधिकारीले साेमबार दुवै पार्टीका शीर्ष नेताकाे बैठक बस्ने निर्णय भएकाे जनाएका छन्। साेमबारकाे बैठकले पार्टी एकताकाे प्रारुप तयार गरेपछि मंगलबार पार्टी एकता संयाेजन समितिकाे बैठक बस्ने छ। एमाले अध्यक्ष अाेलीसँगकाे भेटवार्ताका लागि चितवनमा रहेका प्रचण्ड साँझ काठमाडाैं अाइपुगेका हुन्।


 

More form the Internet

loading...