Suvadin, Home

अस्थिरता र अराजकताकाे युग अन्त्य भयाेः प्रचण्ड

अध्यक्ष प्रचण्डले जनताले राजनीतिक परिवर्तनका लागि ठूलो भूमिका खेलेको उल्लेख गर्दै समाजवादको आधारशीला तयार पारेर आर्थिक क्रान्तिमा लाग्ने अबको आफ्नो अभियानमा पनि जनतालाई सहयोग गर्न आग्रह गरेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड।

चितवन, मंसिर २५ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनले निर्वाचनका समयमा व्यक्त गरेका प्रतिवद्धता इमान्दारीपूर्वक पूरा गर्ने बताएका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले भरतपुरमा आयोजना गरेको प्रमाणपत्र वितरण समारोहमा प्रचण्डले राष्ट्रियता, राष्ट्रिय एकता, स्वाधीनताका लागि समर्पित भई अगाडि बढ्ने बताएका छन्।

अध्यक्ष प्रचण्डले जनताले राजनीतिक परिवर्तनका लागि ठूलो भूमिका खेलेको उल्लेख गर्दै समाजवादको आधारशीला तयार पारेर आर्थिक क्रान्तिमा लाग्ने अबको आफ्नो अभियानमा पनि जनतालाई सहयोग गर्न आग्रह गरेका छन्।

स्वदेश तथा विदेशमा रहेका आम नेपालीलाई निर्वाचनमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै प्रचण्डले वाम गठबन्धन बनाएर स्थायित्व, समृद्धिको नारासहित जनतासामु प्रस्तुत भएको र अब यसलाई पूरा गर्ने बताएका छन्। 

प्रचण्डले नेपाल राजनीतिक अस्थिरता र अराजकताको युगबाट राजनीतिक स्थायित्व, विकास र समृद्धिको नयाँ युगतर्फ प्रवेश गरेको बताउँदै नेपाल इतिहासको नयाँ युगतिर प्रवेश गर्ने कुराको शुरुवात भएको पनि बताएका छन्।


 

More form the Internet

loading...