Suvadin, Home

बहसमा वामपन्थी एकता!
...माअाेवादी सकिँदा नै मुलुककाे हित हुन्छः प्रचण्ड

‘अबको नयाँ क्रान्तिको सुरुवात तपाई-हामीले नै गर्ने हो,’ प्रचण्डले भने, ‘हामी जमेको पोखरी जस्तो बनेर हुँदैन, हामी खोला जस्तै गड्गडाएर बग्न सक्दैन, र हाम्रो विचारमा खिया लागेको हो भने माओवादी सकिँदा देशको हित हुन्छ।’
माअाेवादी अध्यक्ष प्रचण्ड।

काठमाडौं, असोज २३ – माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीचको पार्टी एकता भन्नु नै माओवादी केन्द्रको विघठन भएको बताएका छन्।

सोमबार पार्टीको सहायक संगठन वाइसिएल नेपालको केन्द्रीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनको शुरुवातदेखि अहिलेसम्म विघठन र पुनःगठन हुँदै गणतन्त्रसम्म आउन सफल भएको समेत प्रष्ट पारेका हुन्।

प्रचण्डले समाजवादी क्रान्तिको अभिभारा पूरा गर्न विशाल शक्ति संचयका लागि वाम तालमेल र एकताको प्रयास थालिएको बताएका हुन्। उनले वाम एकताले देश परिर्वतका लागि ठूलो तागत सिर्जना हुने दावी गरेका छन्।

राजनीतिक पार्टी पोखरी जस्तो जमेर बस्यो भने क्रान्तिको प्रवृत्ति सकिने टिप्पणी गर्दै प्रचण्डले जोखिम मोल्न र चलायएमान बन्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

‘अबको नयाँ क्रान्तिको सुरुवात तपाई-हामीले नै गर्ने हो,’ उनले भने, ‘हामी जमेको पोखरी जस्तो बनेर हुँदैन, हामी खोला जस्तै गड्गडाएर बग्न सक्दैन, र हाम्रो विचारमा खिया लागेको हो भने माओवादी सकिँदा देशको हित हुन्छ।’

माओवादी-एमालेमा विलय भयो भन्ने बजार हल्लाको पछाडि नलाग्न अनुरोध गर्दै प्रचण्डले गणतन्त्र, संघीयता धर्म निरपेक्षता जस्ता माओवादीका मुद्दा सुदृढ गर्न एमाले पनि लागि परेको धारणा व्यक्त गरेका छन्।


 

More form the Internet

loading...