Suvadin, Home

कुनै देशको एजेन्डामा नेपाल सहभागी हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली

मिलेनियम च्यालेन्ज कार्यक्रम अन्तरगत अमेरिकाले ५०० मिलियन डलर खर्च गरिरहेको र सन २०२२ सम्म अति कम विकसित देशबाट विकासशील देशमा परिवर्तन गर्न अमेरिकाले थप सहयोग गर्नसक्ने विषयमा पनि छलफल भएको मन्त्री ज्ञवालीले जनाए। 
फाइल फाेटाे

काठमाडौं, ८ पुस – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो अमेरिका भ्रमण सफल भएको बताएका छन्।

२ दशकपछि भएको यो ठूलो औपचारिक भ्रमणले नेपाल र अमेरिकाबीचको सम्बन्धमा नयाँ आयाम सृजना भएको उनले दावी गरेका छन्।

शनिबार नेपाल आएका ज्ञवालीले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नेपालको विकास र राजनीतिक उपलब्धिमा सहयोग गर्ने वचन दिएको पनि बताए। साथै आफूले पनि नेपाललाई गरेको सहयोगप्रति धन्यवाद दिदै थप लगानी गर्न आग्रह गरेको उनले बताए।

आउँदो मार्चमा नेपालमा हुने लगानी सम्मेलनमा अमेरिकाको सहभागिताको लागि पनि आफूले अनुरोध गरेको उनले बताए।

यस्तै मिलेनियम च्यालेन्ज कार्यक्रम अन्तरगत अमेरिकाले ५०० मिलियन डलर खर्च गरिरहेको र सन २०२२ सम्म अति कम विकसित देशबाट विकासशील देशमा परिवर्तन गर्न अमेरिकाले थप सहयोग गर्नसक्ने विषयमा पनि छलफल भएको मन्त्री ज्ञवालीले जनाए। 

नेपालमा चीनको थप प्रभाव रोक्न अमेरिकाले दबाब दिएको हो ? भन्ने प्रश्नमा उनले नेपालको आफ्नो परराष्ट्र नीति छुट्टै भएको र पञ्चशीलको सिद्धान्तका आधारमा सम्बन्ध स्थापित गर्ने भएकाले कुनै देशको एजेन्डामा नेपाल सहभागी नहुने जानकारी दिए। 


 

More form the Internet

loading...