Suvadin, Home
Citizen Bank 806.5k

Cover Image

प्रकाण्डलाई दाङबाट आज काठमाडाैं ल्याइयो

शुक्रबार भोजपुरबाट दाङ ल्याइएका विकलाई सर्वोच्च अदालतले काठमाडाैं झिकाउन पत्र काटेपछि पुनः काठमाडाैं पठाइएको उनले बताए। विकको डायरीमा तुलसीपुरको घटनाका बारेमा उल्लेख गरेको भेटिएपछि थप अनुसन्धानका लागि दाङ ल्याइएको थियो। विकको विषयमा थप अनुसन्धानका लागि जिल्ला अदालत दाङले आठ दिन म्याद तोकेको थियो। त्यो म्याद नसकिँदै सर्वोच्चले काठमाडाैं झिकाउन पत्र काटेको हो। तर अनुसन्धान भने जारी रहने प्रहरी उपरीक्षक शर्माले बताए।

लमही, २८ भदौ – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई दाङबाट आज काठमाडाैं ल्याइएको छ। आज बिहान दाङबाट काठमाडाैं लगिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए।

शुक्रबार भोजपुरबाट दाङ ल्याइएका विकलाई सर्वोच्च अदालतले काठमाडाैं झिकाउन पत्र काटेपछि पुनः काठमाडाैं पठाइएको उनले बताए। विकको डायरीमा तुलसीपुरको घटनाका बारेमा उल्लेख गरेको भेटिएपछि थप अनुसन्धानका लागि दाङ ल्याइएको थियो। विकको विषयमा थप अनुसन्धानका लागि जिल्ला अदालत दाङले आठ दिन म्याद तोकेको थियो। त्यो म्याद नसकिँदै सर्वोच्चले काठमाडाैं झिकाउन पत्र काटेको हो। तर अनुसन्धान भने जारी रहने प्रहरी उपरीक्षक शर्माले बताए।

प्रदेश तथा प्रतिनिधिसभाको चुनावको बेला काङ्ग्रेसले आयोजना गरेको चुनावीसभालाई बिथोल्न बम विस्फोट गरिएको थियो। उक्त बम विस्फोटमा परी एक म्यादी प्रहरीको मृत्यु भएको थियो। सोही घटनामा म्यादी प्रहरीको हत्या गरेको भनी विकलाई आरोप लागेको छ।
 


 

More form the Internet

loading...