Suvadin, Home

नेपालमा दिगो शान्ति भारतको चाहना : राष्ट्रपति मुखर्जी

भारतीय राष्ट्रपति प्रवण मुखर्जीले नेपाल–भारतबीचको सम्बन्ध अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेका छन्। राष्ट्रपति मुखर्जीले नेपालको दिगो शान्ति र राजनीतिक स्थायित्वमा पनि जोड दिएका छन्।  भारतको ६८ औं गणतन्त्र दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावासले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भारतीय राष्ट्रपति मुखर्जीले पठाएको सन्देशमा नेपाल–भारतबीचको सम्बन्ध सदियाैं पुरानो रहेको पनि उल्लेख गरिएको छ।
मुखर्जी।

काठमाडौं, माघ १३ - भारतीय राष्ट्रपति प्रवण मुखर्जीले नेपाल–भारतबीचको सम्बन्ध अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेका छन्।

राष्ट्रपति मुखर्जीले नेपालको दिगो शान्ति र राजनीतिक स्थायित्वमा पनि जोड दिएका छन्।  भारतको ६८ औं गणतन्त्र दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावासले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भारतीय राष्ट्रपति मुखर्जीले पठाएको सन्देशमा नेपाल–भारतबीचको सम्बन्ध सदियाैं पुरानो रहेको पनि उल्लेख गरिएको छ।

कार्यक्रममा राजदूत रञ्जित रायले राष्ट्रपति मुखर्जीको शुभकामना सन्देश पढेर सुनाएका थिए। यसैबीच, भारतले आफनो स्वतन्त्रता दिवसको अवसर पारेर नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई २० वटा एम्बुलेन्स र ४ वटा बस उपहार समेत दिएको छ।

गणतन्त्र दिवसको अवसर पारेर भारतीय दुतावासले सदाझैं यस वर्ष पनि एम्बुलेन्ससहितका सवारी साधन उपहार दिएको हो। भारतीय राजदूत रञ्जित रायले भारतीय सेनाको भूपू सैनिकका परिवारलाई आर्थिक सहायतासमेत प्रदान गरेका थिए। भारतीय दुतावासले गणतन्त्र दिवसको अवसर पारेर हालसम्म नेपालमा ६ सय २ वटा एम्बुलेन्स र १ सय १८ वटा बस प्रदान गरिसकेको जनाएको छ।

 


 

More form the Internet

loading...